डिशहोमको ‘द स्ट्रिङ शो’ का शीर्ष १० प्रतिस्पर्धी छनोट

काठमाडौं । डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इंग्लिस सांगीतिक प्रतियोगिता ‘द स्ट्रिङ’ शोको दोस्रो राउण्ड शुरु भएको छ ।

 

पहिलो राउण्डमा उत्साहजनक सहभागी जनाएका प्रतिस्पर्धी मध्येबाट शनिबार दोस्रो चरणका लागि शीर्ष १० प्रतियोगी छनोट गरिएको छ ।

 

सहभागीहरुले अपलोड गरेको भिडियोमा आएको अनलाइन भोटिङ र उत्कृष्ट प्रस्तुतीको आधारमा निर्णायकहरु पेम्बा लेप्चा, निर्भाणा चौधरी र युलिया कोइरालाले उत्कृष्ट १० जना छनोट गरेका हुन् ।

 

छनोट हुनेहरुमा दर्पन निरौला, शिभाना श्रेष्ठ, युरिका श्रेष्ठ, तुसिता मास्के, स्वर्निम श्रेष्ठ, म्रिनल मानन्धर, सदिक्षा पोख्रेल, रिया श्रेष्ठ, सम्राट पोख्रेल र योगेन राई छन् । दोस्रो चरणमा पुगेका प्रतिस्पर्धी बीच प्रतिस्पर्धा गराई तेस्रो चरणका लागि शीर्ष ५ प्रतियोगीको छनोट हुनेछ ।

 

तीन राउण्डमा संचालन हुने यो सांगीतिक प्रतियोगीतामा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गरेका थिए ।

 

विभिन्न समयमा डिशहोमले संचालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन् ।

 

७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगीता मार्फत भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने डिशहोमले अपेक्षा राखेको छ । यस प्रतियोगीतामा सहभागी हुन ईच्छुक तर कारणवश सहभागीता जनाउन नसकेका भने विभिन्न समयमा डिशहोमले संचालन गर्ने क्वीज, गेमहरु मार्फत डिशहोमसँग जोडिन सक्नेछन् ।

काठमाडौंमा १६६ सहित थप ८१८ जनामा कोरोना पुष्टि, २८१ डिस्चार्ज, ३ जनाको मृत्यु Read Previous

काठमाडौंमा १६६ सहित थप ८१८ जनामा कोरोना पुष्टि, २८१ डिस्चार्ज, ३ जनाको मृत्यु

सिभिल बैंकले ल्यायो 'प्रिमियम बचत खाता' योजना, ६ प्रतिशत ब्याज पाइने Read Next

सिभिल बैंकले ल्यायो 'प्रिमियम बचत खाता' योजना, ६ प्रतिशत ब्याज पाइने