काठमाडौंमा १६६ सहित थप ८१८ जनामा कोरोना पुष्टि, २८१ डिस्चार्ज, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा १६६ सहित देशका विभिन्न जिल्लाका ८१८ जनामा कोरोना पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा थप २८१ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १८ हजार ६३१ पुगेको छ ।

 

कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।

नेपालमा पहिलो पटक  होटल आइशोलेशन सञ्चालनमा, दैनिक ११०० रुपैयाँमा खान बस्न पाइने Read Previous

नेपालमा पहिलो पटक होटल आइशोलेशन सञ्चालनमा, दैनिक ११०० रुपैयाँमा खान बस्न पाइने

डिशहोमको ‘द स्ट्रिङ शो’ का शीर्ष १० प्रतिस्पर्धी छनोट Read Next

डिशहोमको ‘द स्ट्रिङ शो’ का शीर्ष १० प्रतिस्पर्धी छनोट