४ अर्ब २३ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ।

 

बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल विक्री गर्न लागेको हो । केन्द्रीय बैंकले भदौ ८ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्नेछ ।

 

बैंकले ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाख र ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ बराबरको सरकारी ऋणपत्र जारी गर्ने भएको हो।९१ दिन अवधिको सरकारी ऋणपत्र मंसिर ९ गते परिपक्व हुनेछ भने ३६४ दिन अवधिको २०७८ भदौ ८ गते परिपक्व हुनेछ।

 

लगानीकर्ताले अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन्। उक्त सरकारी ऋणपत्रको बोलकबोल भदौ ९ गते ३ बजे खुला गरिनेछ।

समता लघुवित्तद्वारा गत वर्षको नाफाबाट लाभांश घोषणा, बोनस र नगद कति Read Previous

समता लघुवित्तद्वारा गत वर्षको नाफाबाट लाभांश घोषणा, बोनस र नगद कति

सहकारीका कारण वित्तीय क्षेत्रमा जोखिम बढ्दै Read Next

सहकारीका कारण वित्तीय क्षेत्रमा जोखिम बढ्दै