समता लघुवित्तद्वारा गत वर्षको नाफाबाट लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

भदौ ५ गते बसेको लघुवित्तको सञ्चालक समितिले बैंठकले गत आवको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

 

हाल १९ करोड ११ लाख १६ हजार ८०० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस सेयर वितरण पछि चुक्ता पूँजी २२ करोड ९३ लाख ४० हजार १६० रुपैयाँ पुग्नेछ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।

कञ्चन डेभलेपमेन्ट बैंकलाई गाभेर एनएमबीले शुरु गर्‍यो एकीकृत कारोबार Read Previous

कञ्चन डेभलेपमेन्ट बैंकलाई गाभेर एनएमबीले शुरु गर्‍यो एकीकृत कारोबार

४ अर्ब २३ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक Read Next

४ अर्ब २३ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक