कञ्चन डेभलेपमेन्ट बैंकलाई गाभेर एनएमबीले शुरु गर्‍यो एकीकृत कारोबार

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकलाई गाभेर एनएमबी बैंकले आजदेखि एकीकृत कारोबार शुरु गरेको छ ।

 

सुदूरपश्चिम क्षेत्रमा बलियो पकड रहेको कञ्चनलाई प्राप्ति गरी ‘एनएमबी बैंक लि’ नामबाट एकीकृत कारोबार गरेको हो ।

 

१००ः८५ को सेयर अनुपातमा कञ्चन एनएमबीमा गाभिएको हो । कञ्चनलाई प्राप्ति पछि एनएमबीको चुक्ता पूँजी १४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार ७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।

 

कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्तिपछि एनएमबी बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको सञ्जाल बनाएको छ।

नेपालमै पहिलो पटक क्लासिक टेकले भित्र्यायो ‘आइपीभी सिक्स’ Read Previous

नेपालमै पहिलो पटक क्लासिक टेकले भित्र्यायो ‘आइपीभी सिक्स’

समता लघुवित्तद्वारा गत वर्षको नाफाबाट लाभांश घोषणा, बोनस र नगद कति Read Next

समता लघुवित्तद्वारा गत वर्षको नाफाबाट लाभांश घोषणा, बोनस र नगद कति