नेपालमै पहिलो पटक क्लासिक टेकले भित्र्यायो ‘आइपीभी सिक्स’

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले अत्याधुनिक प्रविधिलाई आफ्नो सेवामा भित्र्याउँदै आइपीभी सिक्सको प्रयोग शुरु गरेको छ ।

 

नेपालमा आइपीभी सिक्सको पहिलो प्रयोग गर्ने इन्टरनेट सेवा प्रदायक भएको र विगत १ वर्ष अगाडीबाट परीक्षण गरिरहेको तथा हाल ३ महिनादेखि ग्राहकहरुलाई आइपीभी सिक्स ट्राफिकमा लगिरहेको छ।

 

कम्पनीले अहिलेको अवस्थामा आफ्ना ८० प्रतिशत भन्दा धेरै इन्टरनेट ट्राफिकलाई आइपीभी ६ (इन्टरनेट प्रोटोकोल संस्करण) मा आधारित रहेका डिभाइसहरुमार्फत उपलब्ध गराएको छ ।

 

इन्टरनेट सेवालाई भरपर्दो, सुरक्षित र फास्ट बनाउने गरि सबै सेवाग्राहीहरुलाई कम्पनीले आइपीभी सिक्समा लानेगरी काम गरिरहेको हो ।

 

अहिलेको अवस्थामा लगभग सबै इलेक्ट्रोनिक उपकरणहरू इन्टरनेटमा जडान गर्न सकिन्छ र तिनीहरूले आइपी एड्रेस प्रयोग गरिरहेका छन् जुन आइपीभी४ इन्टरनेट प्रोटोकल संस्करण ठेगाना हो जसले ३२ बिट इन्टरनेट ठेगाना प्रयोग गर्दछ।

 

यसले २६३२ आइपी ठेगानाहरूका लागि कूल ४.२ अर्ब आइपी एड्रेस भएका डिभाइसहरु मात्र समर्थन प्रदान गर्दछ। यो धेरै जस्तो देखिन्छ, तर सबै ४.२ अर्ब आइपी ठेगानाहरू तोकिइसकेका छन् अझ बुझ्ने भाषामा भन्दा सबै आइपीभी४ ठेगानाहरु सकिइसकेका छन् ।

 

अबको डिभाइसहरु आइपीभी ६ मा आधारित  हरेक ग्राहकलाई फाइदाको लागि इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आइपीभी ६ प्रयोग गरीरहेको छ।

 

‘हामीले हाम्रो कूल ग्राहकहरुको ८० प्रतिशत ग्राहकहरुको लागी आइपीभी ६ प्रयोग गरिसकेका छौं र बाँकी प्रक्रियामा छन्। ग्राहक संख्याको प्रतिशतको आधारमा हेर्दा अन्य इन्टरनेट सेवा प्रदायकहरुको तुलनामा हामी सबैभन्दा धेरै आइपीभी६ प्रयोग गर्ने कम्पनीमा अगाडि हौं । नयाँ प्रविधिको सपोर्टको रुपमा आएको आईपीभी६ले सेवाग्राहीहरुलाई पनि उत्तिकै सहजता हुनेछ,’ कम्पनीले भनेको छ ।

 

आइपीभी ६ इन्टरनेट प्रोटोकलको छैठौं संशोधन हो र आइपीभी४ को सफल उत्तराधिकारी हो। यसले आइपीभी ४ को जस्तै समान कार्य गर्दछ र यसले इन्टरनेट सपोर्ट उपकरणहरूसँग सम्पर्क गर्नको लागी अद्वितीय आइपी ठेगानाहरू प्रदान गर्दछ। आइपीभी६ ले १२८ बिट इन्टरनेट ठेगानाहरू प्रयोग गर्दछ। तसर्थ, यसले २६१२८ इन्टरनेट ठेगानाहरू ३४०, २८२, ३६६, ९२०, ९३८, ४६३, ३७४, ६०७, ४३१ ७६८, २११, ४५६ लाई समर्थन गर्न सक्दछ।

 

आइपीभी ६ ठेगानाहरूको संख्या आइपीभी ४ ठेगानाहरूको संख्या भन्दा १०२८ गुणा ठूलो छ। त्यसैले त्यहाँ धेरै लामो समयको लागि इन्टरनेट उपकरणहरूको विस्तार गर्न अनुमति दिनका लागि अधिक आइपीभी ६ ठेगानाहरू उपलब्ध छन्।

 

यही विषयलाई ध्यानमा राखेर कम्पनीले आइपीभी सिक्समा आधारित भएर इन्टरनेट सेवा दिँदै आएको छ जसले गर्दा क्लासिक टेकको इन्टरनेट सेवा निकै फास्ट र भरपर्दो भएको छ।कम्पनी इन्टरनेट सेवा प्रदायकहरुमध्ये सबैभन्दा धेरै आईपीभी सिक्स प्रयोग गर्ने कम्पनी हुन सफल भएको जनाइएको छ।

 

प्रत्येक सीडीएन कन्टेन्ट डेलिभरी नेटवर्कलाई प्राथमिकता हुनेछ र आइपीभी६ समावेश भएको हुन्छ।यसले ग्राहकका लागि थप एनएटी हुँदैन् (नेटवर्क एड्रेस ट्रान्सलेशन), स्वतः कन्फिगरेसन, मल्टिकास्टको लागि उत्तम मार्ग (राउटिङ्ग), साधारण हेडर प्रारूप, सरलीकृत, अधिक कुशल मार्ग (राउटिङ्ग) जस्ता फाइदा हुन्छ ।

तनहुँ जलविद्युत् आयोजना निर्माणका लागि ३ कम्पनीद्वारा बोलपत्र पेश Read Previous

तनहुँ जलविद्युत् आयोजना निर्माणका लागि ३ कम्पनीद्वारा बोलपत्र पेश

कञ्चन डेभलेपमेन्ट बैंकलाई गाभेर एनएमबीले शुरु गर्‍यो एकीकृत कारोबार Read Next

कञ्चन डेभलेपमेन्ट बैंकलाई गाभेर एनएमबीले शुरु गर्‍यो एकीकृत कारोबार