बैंकका कर्मचारीमा कोरोना पुष्टि भएपछि सबै बैंक ५ दिन बन्द

राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि यहाँका निजी तथा सरकारी बैंक ५ दिनका लागि बन्द गरिएका छन् ।

 

यहाँका निजी तथा सरकारी बैंकले सूचना टाँस गरी ५ दिनका लागि बैंकमा कुनै पनि कारोवार नगर्ने जनाएका छन् ।

 

क्यासियर पदमा कार्यरत महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्तिमा सङ्क्रमण नफैलियोस् भन्दै ५ दिनका लागि बैंक कारोवार पूर्णरूपमा बन्द गरिएको वाणिज्य बैंक दिपायल शाखाका प्रमुख गणेशबहादुर विष्टले बताए ।

 

जिल्लामा अहिलेसम्म ८०० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

आज काठमाडौंका यी स्थानमा विद्युत् काटिने Read Previous

आज काठमाडौंका यी स्थानमा विद्युत् काटिने

चीनले बनाएको कोरोनाको खोप नेपालमा परीक्षण गर्न प्रस्ताव, सिमेन्ट उद्योगका कामदारमा लगाइने Read Next

चीनले बनाएको कोरोनाको खोप नेपालमा परीक्षण गर्न प्रस्ताव, सिमेन्ट उद्योगका कामदारमा लगाइने