आज काठमाडौंका यी स्थानमा विद्युत् काटिने

काठमाडौं । नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ ।

 

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्युत् कटौती गर्न लागिएको हो ।

 

प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपाम चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ ।

 

तोकिएको कार्य समय अगावै सम्पन्न भएको खण्डमा प्राधिकरणले उक्त समय अगावै विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।

पौने २८ खर्ब कर्जा लगानी गरेका बैंकहरूको खराब कर्जा ४९ अर्बभन्दा बढी, कुन बैंकको कति ? Read Previous

पौने २८ खर्ब कर्जा लगानी गरेका बैंकहरूको खराब कर्जा ४९ अर्बभन्दा बढी, कुन बैंकको कति ?

बैंकका कर्मचारीमा कोरोना पुष्टि भएपछि सबै बैंक ५ दिन बन्द Read Next

बैंकका कर्मचारीमा कोरोना पुष्टि भएपछि सबै बैंक ५ दिन बन्द