बीमाको प्रिमियम बुझाउने समय थप

काठमाडौं ।बीमा समितिले प्रिमियम बुझाउने समय भदौ १५ गतेसम्म थप गर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

 

बुधबार रातिदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएसँगै त्यस अवधिसम्ममा तिर्नुपर्ने प्रिमियम तिर्ने समय भदौ १५ गतेसम्म थप गर्न समितिले निर्देशन दिएको हो ।

 

यससँगै अब निषेधाज्ञा अवधिभित्र गर्नुपर्ने बीमालेख नवीकरण बापतको प्रिमियम भदौ १५ गतेसम्म गरे हुने भएको छ । यो अवधिमा कुनै पनि बीमा कम्पनीले प्रिमियम शुल्कमा ब्याज तथा हर्जना लिन पाउने छैनन् ।

 

यस्तै, समितिले बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरणको समय भदौ मसान्तसम्म थप गरेको छ । यस्तै निर्जीनन बीमकले तत्काल सृजना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमबाट निवेदन पाएमा निषेधाज्ञाको अवधि सकिएपछि तत्काल सर्भेयर खटाइ क्षतिको यकिन गर्ने व्यवस्थालाई निरन्तरता दिन पनि निर्देशन दिएको छ

 

बीमा समितिले निषेधाज्ञाको समयमा पनि बीमा कम्पनीहरुलाई एक तिहाई कर्मचारीद्वारा सेवाग्राहीलाई सेवा दिन निर्देशन दिएको छ ।

निषेधाज्ञालाई सेयर बजारको ग्रिन सिग्नल, अनलाइबाटै ३९ करोड बढीको कारोबार Read Previous

निषेधाज्ञालाई सेयर बजारको ग्रिन सिग्नल, अनलाइबाटै ३९ करोड बढीको कारोबार

काठमाडौंमा २०० सहित थप ७०७ जनामा कोरोना पुष्टि, २६४ डिस्चार्ज, ६ जनाको मृत्यु Read Next

काठमाडौंमा २०० सहित थप ७०७ जनामा कोरोना पुष्टि, २६४ डिस्चार्ज, ६ जनाको मृत्यु