निषेधाज्ञालाई सेयर बजारको ग्रिन सिग्नल, अनलाइबाटै ३९ करोड बढीको कारोबार

काठमाडौं । बुधबार करिब १७ अंकले घटेको सेयर बजारमा आज सामान्य सुधार देखिएको छ । निषेधाज्ञा बीच खुलाइएको बजारमा अनलाइन प्रणालीबाटै करिब ३३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

निषेधाज्ञाका कारण ब्रोकर कार्यालय बन्द भएपछि आज अनलाइनबाटै सेयर कारोबार भएको हो । अघिल्लो पटक लकडाउन हुँदा सेयर बजार करिब ३ महिना बन्द भएको थियो । तर, यसपटक नेप्सेले अनलाइनबाटै भए पनि कारोबार गर्ने निर्णय गरेको थियो ।

 

आज सेयर बजार मापक सूचक नेप्से ६.२८ अंकले बढेर १३९७.५७ बिन्दुमा पुगेको छ । यसदिन १८२ कम्पनीको ३९ करोड ३१ लाख २९ हजार ०६८ रुपैयाँ बराबरको कारोबार भएको छ । १२ लाख १४ हजार ५१४ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १२ वटा समूहमध्ये १० वटा समूहको परिसूचक उकालो लागेको छ भने २ वटा समूहको परिसूचक ओरालो लागेको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५६.८२ बढेको घटेको छ ।

 

कोराबार रकमका आधारमा आज नेको इन्स्योरेन्सको सेयर शीर्ष स्थानमा रह्यो । यसको ३ करोड २ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नागरिक लगानी कोष र नेपाल पुनर्बीमा कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज पनि समृद्धि फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य १० प्रतिशतले बढेको छ । आज जोशी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.४५ प्रतिशतले घटेको छ ।

एक महिनामा ११ पानी उद्योग सिल, पैसा तिर्दै उद्योग खुलाउँदै व्यवसायी Read Previous

एक महिनामा ११ पानी उद्योग सिल, पैसा तिर्दै उद्योग खुलाउँदै व्यवसायी

बीमाको प्रिमियम बुझाउने समय थप Read Next

बीमाको प्रिमियम बुझाउने समय थप