एप्पल बन्यो २ ट्रिलियन डलर सम्पत्ति हुने पहिलो कम्पनी, २ वर्षमै बढ्यो १ ट्रिलियन सम्पत्ति

सूचना प्रविधि कम्पनी तथा आइफोन निर्माता एप्पल २ ट्रिलियन (२० खर्ब) डलर सम्पत्ति हुने अमेरिकाकै पहिलो कम्पनी बनेको छ ।

 

यससँगै  एप्पल २ ट्रिलियन डलर भएको विश्वकै दोस्रो ठूलो सार्वजनिक कम्पनी बनेको हो। यसअगाडि साउदी अरेबियाको तेल कम्पनी साउदी आरामको डिसेम्बरमा २ ट्रिलियन डलरमा पुगेको बताएको थियो।

 

१९७५ मा स्थापना भएको एप्पलले ४२ वर्षमा सन् २०१८ मा १ ट्रिलियन अमेरिकी डलर सम्पत्ति बनाएकोथियो भने पछिल्ला दुई वर्षमा आफ्नो सम्पत्ति दोब्बर बनाउँदै २ ट्रिलियन डलर पुर्याएको छ।

 

विश्वव्यापी अर्थव्यवस्था कोरोना भाइरसको महामारीले संकुचित भएको अवस्थामा एप्पलले कमाएको मुनाफा आश्चर्यजनक छ। बुधबार, एप्पल २ ट्रिलियन डलर मूल्य निर्धारण गर्ने पहिलो अमेरिकी कम्पनी बन्यो, यसलगत्तै यसको सेयर १.२ प्रतिशतले बढेर ४६७.८ डलरपुग्यो ।

आइफोन, म्याक कम्प्युटर्स र एप्पल वाच निर्माण कम्पनीका लागि यो अर्को माइलस्टोन हो। उसले आफूलाई विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनीको रुपमा आफूलाई ठड्याउन सफल भएको छ।

 

एप्पलले विगत दुई वर्षमा त्यति नयाँ काम पनि गरेको छैन। केवल कम्युनिकेट, मानिसको मनोरञ्जन गर्ने लगायतका वस्तुमा आफ्नो पकड कायम गरेको छ। आफ्नो व्यापारलाई बढाउन कुनै ग्राउन्डब्रेकिङ आविष्कारमा निर्भर छैन।

 

प्रमुख कार्यकारी टिम कुकको नेतृत्वमा रहेको एप्पलमा हालका वर्षहरूमा यथोचित मुनाफा आर्जन गर्ने किसिमको उत्पादन गर्ने यसको क्षमता अतुलनीय रहेको छ।

 

कुकले अरबौं उपकरणहरू उत्पादन गर्न एक परिष्कृति ग्लोबल सप्लाई चेन बनाएका छन्, जसको भेला प्रायः चीनमा हुन्छ। ग्राहकलाई यसको इकोसिस्टममा लक गर्न यसबाट डिजाइन गरिन्छ र उनीहरूले केही वर्षमै नयाँ ग्याजेटहरू किन्छन् र एप्पलको डिजिटल सेवा प्रयोग गर्न मासिक शुल्क तिर्छन्।

 

एप्पलले यसको मूल्यांकन बढाउन र आफ्नो लगानीकर्तालाई नाफा दिन शक्तिशाली टुल पनि चलाएको छ, स्टक बायब्याक्स।

 

कम्पनीको मूल्य एक ट्रिलियन डलर पुगेपछि यसले १७५.६ विलियन डलर सेयरहोल्डर्सलाई फिर्ता गरेको थियो। जसमा १४१ विलियन डलर स्टक बायब्याक्स पनि थियो।एजेन्सी

सहमति विपरीत बैंकका कर्मचारीलाई प्रहरीले बाटोमै रोक्यो, सबै बैंक बन्द गर्न बैंकर्स संघको निर्देशन Read Previous

सहमति विपरीत बैंकका कर्मचारीलाई प्रहरीले बाटोमै रोक्यो, सबै बैंक बन्द गर्न बैंकर्स संघको निर्देशन

कुकुरलाई दैनिक १ घण्टा घुमाउनै पर्ने कानून बन्दै Read Next

कुकुरलाई दैनिक १ घण्टा घुमाउनै पर्ने कानून बन्दै