काठमाडौं । माछापुच्छ्रे बैंक र कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशन बीच एशोसिएशन बीच कानून व्यवसायी तथा संस्थाहरुलाई विशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा बार एशोसिएशनको तर्फबाट महासचिव लिलामणी पौडेलले हस्ताक्षर गरे ।
यससँगै अब बार एशोसिएशनका सदस्यहरुले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरु मार्फत निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सेवाहरुमा विशेष सहुलियत र प्राथमिकता प्राप्त गर्नेछन् ।नेपाल बार एशोसिएशनमा करिब २० हजार सदस्यहरु आवद्ध रहेका छन् ।
सरल र सहज रुपमा ग्राहकहरुलाई विभिन्न आर्कष योजनाका साथ सेवा प्रदान गर्दै आइरहेको बैंकले हालै मात्र नेपाल चिकित्सक सघं, नेपाट चार्टड एकाउन्टेन्स संघ, नेपाल अडिर्टस एशोसिएशन लगायतका संस्थासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आवद्ध व्यक्ति तथा संस्थाहरुलाई विशेष प्राथमिकताका साथ सेवा पुर्याउने उद्देश्यले सम्झौता गरेको थियो ।
हाल बैंकले देशभरका १५९ वटा शाखा, १३३ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्स काउण्टर, १९८ वटा एटीएम तथा १ हजार भन्दा बढी पीओएसमार्फत बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।