लिवर्टी इनर्जीको आइपीओ खुल्यो, कति कित्ता भर्ने

काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले आजदेखि साधरण प्राथामिक सेयर (आइपीओ) विक्री खुला गरेको छ ।

 

कम्पनीले स्थानीयले नकिनेकोसहित कुल ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता आइपीओ जारी गरेको हो ।

 

कम्पनीले यसअघि आयोजना निर्माणस्थल लमजुङबासीलाई अंकित मूल्य १०० का दरले ३७ करोड ५० लाख बराबरको ३७ लाख ५० हजार कित्ता जारी गरेको थियो । जसमा १३ लाख १५ हजार ९३० कित्ताका लागि आवदेन परेको थिएन ।

 

लगानीकर्ताले कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आइपीओमा छिटोमा भदौ ७ गतेसम्म आवेदन दिन पाइनेछ भने सो अवधिसम्म सबै नबिकेमा भदौ १७ गतेसम्म आवेदन दिन सकिन्छ ।

 

कम्पनीको आइपीओमा धितोपत्र बोर्डबाट आस्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिन्छ।

 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइपीओ ग्रेड ४’ रेटिङ दिएको छ । जसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको जनाउँछ।

 

कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।

 

यस आयोजनाको ब्याजसहित प्रतिमेगावाट लागत १८ करोड ५४ लाखका दरले कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख रहेको छ।

 

कति कित्ताका लागि आवेदन दिनु उपयुक्त

 

कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर निष्काशन गरेको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

सो अनुसार लिवर्टीको आइपीओ ३ लाख ५६ हजार ४९३ आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गर्न पुग्दछ। तसर्थ ३ लाख ५६ हजार ४९३ जनाले मात्र भरे भने सबैले १० कित्ता पाउछन् भने सो भन्दा बढीले आवेदन दिएको खण्डमा गोलाप्रथाबाट १० कित्ता पाउने सम्भावना हुन्छ ।

 

हालसम्म खुलेका आइपीओमा करिब ५ लाख भन्दा बढीले आवेदन दिँदै आएका छन् । त्यसका आधारमा यस आइपीओमा १० कित्ताका लागि १ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।

भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा Read Previous

भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा

निषेधाज्ञामा के गर्न पाइन्छ, के गर्न पाइँदैन ? उलंघन गरे १ महिना कैद, ५०० रुपैयाँ  जरिवाना Read Next

निषेधाज्ञामा के गर्न पाइन्छ, के गर्न पाइँदैन ? उलंघन गरे १ महिना कैद, ५०० रुपैयाँ जरिवाना