भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा लगाइने भएको छ ।

 

मंगलबार साँझ बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको संयुक्त बैठकले बुधबार रातिदेखि भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

 

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवाका बाहेक निजी, सरकारी सम्पूर्ण कार्यालयका सेवाहरु बन्द हुनेछन् । यस्तै, एम्बुलेन्ससहित अत्यावश्यक सेवाका बाहेक निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।

 

पछिल्लो दिनहरुमा उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि त्यसलाई मध्येनजर गर्दै निषेधाज्ञा लगाइएको जनाइएको छ ।आज मात्रै काठमाडौं उपत्यकामा २०५ जनासहित १०१६ जनामा कोरोना संक्रमण देखिएको थियो ।

 

जोखिम बढेसँगै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय प्रशासनलाई निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको थियो ।

 

 

सरकारले एडीबीबाट थप २४ अर्ब ऋण लिने Read Previous

सरकारले एडीबीबाट थप २४ अर्ब ऋण लिने

लिवर्टी इनर्जीको आइपीओ खुल्यो, कति कित्ता भर्ने Read Next

लिवर्टी इनर्जीको आइपीओ खुल्यो, कति कित्ता भर्ने