सरकारले एडीबीबाट थप २४ अर्ब ऋण लिने

काठमाडौं । सरकारले विद्युत् प्रसारण र वितरण प्रणालीको लागि एशियाली विकास बैंक (एडीबी) बाट २०० मिलियन डलर (करिब २४अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ ।

 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।

 

यस्तै यसै परियोजनाको लागि नर्वे सरकारबाट ३५ मिलियन मिलियन डलर (करिब ४ अर्ब रुपैयाँ अनुदान लिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

 

यस्तै सरकारले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमको सेयर खरिद गर्न थप सेयर लगानी गर्नको लागि अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ ।

टेलिकमले एसईईका विद्यार्थीलाई निःशुल्क सिमकार्ड दिने Read Previous

टेलिकमले एसईईका विद्यार्थीलाई निःशुल्क सिमकार्ड दिने

भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा Read Next

भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा