टेलिकमले एसईईका विद्यार्थीलाई निःशुल्क सिमकार्ड दिने

काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीलाई निःशुल्क सिमकार्ड दिने भएको छ ।

 

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एसईईको नतिजा प्रकाशन भएपछि विद्यार्थीलाई लक्षित गर्दै यस्तो योजना ल्याएको छ ।

 

नयाँ सिम लिन विद्यार्थीहरुले एसईई प्रवेश-पत्रको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचयपत्रको फोटोकपी संलग्‍न गरी फाराम भर्नु पर्नेछ ।

 

नयाँ लिइएका सिमकार्ड एक्टिभ भएपछि उनीहरुलाई स्टुडेन्ट रजिस्ट्रेसन प्याक योजनाअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी र ५ वटा एसएमएस गर्न तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने गरी मासिक ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

 

नयाँ सिममा ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध हुनेछ ।

 

यो बोनसबापत पाइएको सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्ने टेलिकमले जनाएको छ । हरेक पटक रिचार्ज गरेपश्चात् प्राप्त हुने सो सुविधा एक वर्ष अवधिसम्म उपयोग गर्न सकिनेछ ।

ठेकेदारको चरम लापारबाहीले हुलाकी राजमार्गका २० पुल समस्याग्रस्त Read Previous

ठेकेदारको चरम लापारबाहीले हुलाकी राजमार्गका २० पुल समस्याग्रस्त

सरकारले एडीबीबाट थप २४ अर्ब ऋण लिने Read Next

सरकारले एडीबीबाट थप २४ अर्ब ऋण लिने