काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा सुविधा लिन चाहनेहरुलाई आवेदन माग गरेको छ ।
बैंकले बैंकले सोमबार एक सूचना जारी गर्दै पुनर्कर्जाका लागि आवेदन माग गरेको छ। राष्ट्र बैंकका अनुसार इच्छुकले भदौ १ गते (आज) देखि असोज १४ गतेसम्म आवदन दिइसक्नु पर्नेछ ।
आवेदन पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनलाई आवेदन पेश गर्ने अन्तिम दिन मानिने छ भने रीतपूर्वक पेश नभएका र समयमै दर्ता नभएका आवेदनलाई स्वीकार नगर्ने केन्द्रिय बैंकले जनाएको छ।
चालू आवको मौद्रिक नीतिमार्फत कोरोनाबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई दिने व्यवस्था गरिएको थियो । सोही अनुसार राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन दिन आह्वान गरेको हो ।
आवेदन दिन चाहिने न्यूनतम योग्यता
पुनर्कर्जाक लागि आवेदन दिन इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिको बैठकले निर्णय गरेको, शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मिति सहितको सूची, संस्थाले माग गर्ने कूल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पूँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने छ ।
साथै आवेदनको लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने छ भने एकभन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंकले वित्तीय संस्थामार्फत् मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने छ ।
पुनर्कर्जाका लागि आवेदन गरिएकोे कुल रकममध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा अन्तर्गत हुने गरीमाग गर्नु पर्ने, आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक/ऋणी समेटिएको हुनुपर्ने, आवेदन पेश गर्नेसंस्थाको पूँजीकोष अनुपात यस बैंकले तोके बमोजिम पुगेको हुनुपर्ने छ ।
यी क्षेत्रका व्यवसायीले मात्र पाउँछन् पुनर्कर्जा :