काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत नगदर र २.५ प्रतिशत गरी कुल १७.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
इन्स्योरेन्सले हाल कायम ३ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजीको १५ प्रतिशत बराबर ४६ करोड २३ लाख रुपैयाँ नगद र २.५ प्रतिशत अर्थात् ७ करोड ७० लाख रुपैयाँ बराबरको बोनस गरी १७.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृति र इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन्।
