एनआइसी एशिया र स्वदेशी लघुवित्त मर्ज हुने, सेयर कारोबार रोक्का

काठमाडौं। एनआइसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त एक आपसमा मर्ज हुने भएका छन् । आइतबार दुवै कम्पनीले मर्जर तथा एक्वीजिसन सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा (एमओयू)मा हस्ताक्षर गरेका छन् ।

 

मर्जरका लागि एमओयू भएसँगै दुवै लघुवित्तको दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको छ । मर्जर प्रक्रिया पूरा नहुन्जेलसम्मका लागि दुवै संस्थाको सेयर कारोबार रोक्का भएको हो ।

 

जाजरकोटको भेरी नगरपालिकास्थित एनआइसी एशिया लघुवित्त र सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको स्वदेशी लघुवित्त एक आपसमा गाभिन लागेका हुन्।

 

गत महिनामात्र सर्वसारणमा आइपीओ जारी गरेको एनआइसी एशियाको हाल चुक्ता पूँजी १ अर्ब ४८ करोड छ भने स्वदेशी लघुवित्तको चुक्ता पूँजी २७ करोड ६० लाख रुपैयाँ छ। मर्जरपछि एकीकृत संस्थाको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ।

 

गत आवमा एनआइसी एशियाले १९ करोड ६४ लाख खुद नाफा कमाएको छ भने स्वदेशीले २ करोड ५२ लाख नाफा कमाएको छ।

अघि बढ्यो मेलम्चीको हेडबक्स निर्माण Read Previous

अघि बढ्यो मेलम्चीको हेडबक्स निर्माण

नेशनल लाइफद्वारा १७.५ प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति Read Next

नेशनल लाइफद्वारा १७.५ प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति