कर्मचारीको पीसीआर परीक्षण शुल्क बैंकले नै तिर्नुपर्ने, यस्तो छ राष्ट्र बैंकको १४ बुँदे निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीको पीसीआर परीक्षण गराउँदा त्यसबापत लाग्ने शुल्क संस्थाले नै व्यहोर्नु पर्ने भएको छ ।

 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारी एवं सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर न्यूनतम बैंकिङ सेवा सुचारु गर्न १४ बुँदे सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

 

संक्रमितको सम्पर्कमा आएका वा कन्ट्याक्ट ट्रेसिङ्‍मा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटलको क्वारेन्टिनमा सुरक्षा राख्न आवश्यक व्यवस्था गर्न र सोको सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले व्यहोर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

 

यसैगरी कर्मचारीको पीसीआर परिक्षण गराउन लाग्ने सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले व्यहोर्नुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

 

यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले ५० प्रतिशतभन्दा बढी कर्मचारी प्रयोग नगर्न, सम्भव भएसम्म विद्युतीय माध्यमबाट सेवा दिन निर्देशन जारी गरेको छ ।

 

अत्यावश्यक बाहेकका सबै प्रकारका बैठक, समीक्षा, सेमिनार, भेला जस्ता सामूहिक जमघट हुने कार्यहरु नगर्न निर्देशन दिएको छ ।

 

यस्तै बैंक तथा वित्तीय संस्थाहरुलाई कोभिड १९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि एक कोभिड १९ सुरक्षा व्यवस्थापन समूह गठन गर्न पनि निर्देशन दिएको छ ।

बैंकको निर्देशन अनुसारका व्यवस्था गरी त्यसको जानकारी साउन ३० गते केन्द्रिय बैंकलाई जानकारी गराउन पनि निर्देशन दिएको छ ।

 

एनआइसी एशियाका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामग्री किन्न सक्ने Read Previous

एनआइसी एशियाका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामग्री किन्न सक्ने

कोरोनाका बाबजूद एनआइसी एशिया र एनएमबी बैंकको नाफा बढ्यो, लाभांश क्षमता कति Read Next

कोरोनाका बाबजूद एनआइसी एशिया र एनएमबी बैंकको नाफा बढ्यो, लाभांश क्षमता कति