काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबारको तुलनामा कारोबार रकममा बढोत्तरी आए पनि सूचक भने करिब १७ अंकले घटेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से १६.५३ अंकले घटेर १४०८.७९ बिन्दुमा आइपुगेको छ । यसदिन १९१ कम्पनीको १ अर्ब ४ करोड ८९ लाख ११ हजार ७९१ रुपैयाँ बराबरको कारोबार भएको छ । ३३ लाख ४४ हजार १११ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार समूह बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ९९.५२ अंकले घटेको ।
कोराबार रकमका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्सको सेयर शीर्ष स्थानमा रह्यो । यसको ७ करोड ३९ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल पुनर्बीमा कम्पनी र एनआइसी एशिया बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज २ वटा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । दिव्यश्वरी हाइड्रोपावर र साधना लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज नेपाल नेपाल फाइनान्स कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ५.६८ प्रतिशतले घटेको छ ।