अब लगानीकर्ताले ब्रोकरमा राखेको धरौटी रकमको पनि ब्याज पाउने

काठमाडौं । अब ब्रोकर कम्पनीमा सेयर लगानीकर्ताले राखेको धरौटी रकमको पनि ब्याज पाउने भएका छन् ।

 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर कारोबारका लागि लगानीकर्ताले ब्रोकरमा राखेको धरौटीको रकमको ब्याज प्रदान गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ ।

 

बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ संशोधन गर्दै धरौटी रकममा लगानीकर्ताले प्रतिफल पाउने व्यवस्था गरेको हो ।

 

दोस्रो बजारमा कारोबार गर्दा लगानीकर्ताले ब्रोकरलाई २५ प्रतिशत रकम धरौटी बुझाउने पर्ने व्यवस्था छ । लगानीकर्ताले यसरी धरौटी राखेको रकमको कुनै प्रतिफल नपाएको गुनासो गरेपछि बोर्डले त्यसलाई सम्बोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

 

अब लगानीकर्ताले ब्रोकरलाई बुझाउने धरौटी रकमको निश्चित प्रतिशत ब्याज पाउने छन् । ब्याजदर निर्धारण भने लगानीकर्ता र ब्रोकर व्यवसायीको आपसी समझदारीमा तय हुने बोर्डले जनाएको छ ।

हार्वड हैदरावाद र अक्सफोर्ड कोलकाता होला ? यसरी बन्दैछ अमेरिकी उच्च शिक्षाको भविष्य भारत Read Previous

हार्वड हैदरावाद र अक्सफोर्ड कोलकाता होला ? यसरी बन्दैछ अमेरिकी उच्च शिक्षाको भविष्य भारत

दोलखामा लक्ष्मी बैंककोे दुई नयाँ एक्स्टेन्सन काउण्टर स्थापना Read Next

दोलखामा लक्ष्मी बैंककोे दुई नयाँ एक्स्टेन्सन काउण्टर स्थापना