यो वर्ष उच्च शिक्षाका अधिकांश सेमिस्टरहरु अनलाइनमा सञ्चालन भइरहेको र दूर भविष्यमा पनि अन्योलता छाएको समयमा ठूलो सपना देख्ने समय आएको छ । मेरो यो ‘फ्यान्टासी’ भारत सरकारको विश्वका ठूला १०० विश्वविद्यालयहरु लाइ भारतमा आफ्नो क्याम्पस सञ्चालन गर्न प्रोत्साहन गर्ने पछिल्लो नीतिमा आधारित छ ।
सोच्नुस त यदि ‘प्रिन्सटन मुम्बई’, ‘हार्वड हैदरावाद’ अथवा ‘अक्सफोर्ड कोलकाता’ खुल्यो भने अबको ३० वर्ष पछि भारतको शैक्षिक क्षेत्रको तस्वीर कस्तो बन्ला ।
शुरुमा ठूला विश्वविद्यालयहरु भारतमा आएर क्याम्पस खोल्ने निर्णय गर्न अलि हच्केलान । यस्ता ठूला विश्वविद्यालयहरुका शाखा क्याम्पसहरु विदेशमा अहिले पनि नभएका होइनन् । अमेरिकाको चर्चित विश्वविद्यालय ‘येल’ले सिङ्गापुरको ‘नस’ विश्वविद्यालयसँग सहकार्यमा क्याम्पस चलाएको छ ।
भारतमा शाखा खोल्ने विश्वविद्यालयहरु विश्वकै टप विश्वविद्यालय बन्नेछन् । टप १०० होइन टप ५० मा पर्नेछन् त्यस्ता विश्वविद्यालयहरु । भारतले आफूलाई सन् १९०० को अमेरिकाको जस्तै ठाउँमा पाउन सक्नेछ ।
तर, यस्ता क्याम्पसहरु विश्वविद्यालय नै भन्दा चाहिँ केही साना हुन्छन् । ठूला विश्वविद्यालयहरु आफ्नो नाम र हैसियत जोगाउन निकै चनाखो हुन्छन् । त्यसैले हार्वडलाई कोभिड-१९ पछि उस्तै गुणस्तरको कुनै विभागसँग मिलेर क्याम्पस चलाउन त्यति सहज पनि छैन ।
तर पनि विश्वका ठूला १०० विश्वविद्यालय मध्येका केहीले भारतमा आफ्नो क्याम्पस सञ्चालन गर्न सक्छन् । हार्वडले आनाकानी गरेपनि टेक्सास विश्वविद्यालय, जर्जिआ इन्सटिच्युट अफ टेक्नोलोजी अथवा नजिकै सिङ्गापुरका विश्वविद्यालयहरु भने आउन सक्छन् ।
मेरो ‘फ्यान्टासी’ के छ भने भारतमा आफ्नो कार्यक्षेत्र विस्तार गर्ने विश्वविद्यालयहरुको हैसियत धेरै माथि उठ्नेछ । भारत र दक्षिण एशिया विभिन्न क्षेत्रमा प्रतिभाहरु जन्माइरहेको छ । सुन्दर पिचाइ अल्फाबेट र गुगल चलाइरहेका छन् । सत्य नाडेला माइक्रोसफ्ट हाँक्छन् । अभिजित बेनर्जीले हालै अर्थशास्त्रमा नोबल पुरस्कार पाएका छन् । विसय आनन्द विश्वका उम्दा १०० चेस खेलाडी मध्येका एक हुन् । भारतीय लेखकहरु विश्वभर चर्चित छन् ।
त्यसैले भारतमा शाखा खोल्ने विश्वविद्यालयहरु विश्वकै टप विश्वविद्यालय बन्नेछन् । टप १०० होइन टप ५० मा पर्नेछन् त्यस्ता विश्वविद्यालयहरु । भारतले आफूलाई सन् १९०० को अमेरिकाको जस्तै ठाउँमा पाउन सक्नेछ । त्यतिबेला अमेरिकी विश्वविद्यालयहरु प्राज्ञहरु युरोप भन्दा पछाडि थिए । तर, केही दशकमै उनीहरुले युरोपलाई उछिने । प्रतिस्पर्धा तीव्र हुनेछ र केही टप विश्वविद्यालयहरु जो शुरुमा भारत आउन आनाकानी गरिरहेका थिए उनीहरुलाई पनि भारत पस्न करै लाग्नेछ ।
तपाईंलाई यो पनि लाग्न सक्छ कि भारतमा इन्डियन इन्सटिच्युट अफ टेक्नोलोजी जस्ता बेजोड संस्थाहरु हुँदा हुँदै विदेशी विश्वविद्यालयहरुका शाखाहरु किन चाहियो भनेर । मेरो ‘फ्यान्टासी’मा केही भारतीय शैक्षिक संस्थाहरुले आफूलाई उल्लेख्य ढंगले सुधार्ने छन् र आफ्ना प्रतिस्पर्धी विश्वविद्यालयहरुलाई, उदाहरणका लागि बर्कली, देश छाड्न बाध्य पार्नेछन् ।
साथै, टप विदेशी विश्वविद्यालयहरुले भारतीय संस्थाहरुसँग सहकार्य गरेर पनि क्याम्पसहरु चलाउन सक्नेछन्, येल विश्वविद्यालयले सिङ्गापुरको नेशनल इन्सटिच्युट अफ सिङ्गापुर (नस) सँग सहकार्य गरेजस्तै ।
भविष्य राम्रो हुँदै जानेछ । समयसँगै अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयका भारतीय उत्पादनहरु बढ्दै जानेछन्, अमेरिकामै गएर डिग्री गरेका भन्दा धेरै । अमेरिकाका भारतमा खुलेका क्याम्पसहरु अवसरका इन्जिनहरु हुनेछन् । अमेरिका मै गएर पढेका भन्दा भारतका अमेरिकी क्याम्पसमा पढेकाहरु अब्बल हुनु स्वभावीक हुनसक्नेछ । अहिले अमेरिकी संस्थाहरुको प्रभुत्व रहेको समयमा प्रतिस्पर्धाका आगो सल्काउन यो भन्दा राम्रो उपाय के पो हुनसक्ला ?
अनि केही महत्वाकांक्षी अमेरिकी विद्यार्थीहरु अमेरिकामा भन्दा भारतमा आएर पढ्न रुची राख्लान् । अनी के तपाईंलाई क्षमतावान सहपाठीको वरिपरी बसेर पढ्न मन लाग्दैन ? अर्को पुस्ताको आइन्सटाइन, भोन न्यूम्यान वा रामानुजानको वरिपरी बसेर पढिरहेको अनुमान गर्नुस त ।
सबैभन्दा राम्रो, अमेरिकी विश्वविद्यालयहरुले आफ्नो गुणस्तर र हैसियतसँग सम्झौता नगरी धेरै विद्यार्थीहरुका लागि आफ्नो ढोका खोल्न सिक्नेछन् । मुम्बइको प्रिन्सटनले न्यू जर्सीको प्रिन्सटनलाई झनै ठूलो बनाउन मद्दत पुर्याउनेछ । यदि उनीहरुले केरलामा धेरैभन्दा धेरै गुणस्तरीय विद्यार्थीहरु भर्ना गर्न सके भने उनीहरुले सब अर्वन मेरिल्याण्डमा पनि यस्तै गर्न नसक्लान् ? अथवा, डेट्रोइट मा ?
मैले भनिसकें, यो सबै ‘फ्यान्टासी’ हो । भारतीय कर्मचारीतन्त्रले दिक्दार बनाउन सक्छन् । राजनीति असहयोगी हुन सक्छ । र, धेरै क्षमतावान फ्याकल्टीहरु भारतमा आउन त परै जाओस यहाँबाट बाहिर जान खोजिरहेका छन् । तर, उदाउँदो भारतलाई हेर्दा मेरो यो ‘फ्यान्टासी’ हावादारी सपना पनि होइन । अमेरिकी र बेलायती उच्च शिक्षाको लागि भारतीय विस्तार यो शताब्दीकै सबैभन्दा उल्लेख्य कदम हुन सक्छ ।
-दी इकोनोमिक टाइम्स