हार्वड हैदरावाद र अक्सफोर्ड कोलकाता होला ? यसरी बन्दैछ अमेरिकी उच्च शिक्षाको भविष्य भारत

यो वर्ष उच्च शिक्षाका अधिकांश सेमिस्टरहरु अनलाइनमा सञ्चालन भइरहेको र दूर भविष्यमा पनि अन्योलता छाएको समयमा ठूलो सपना देख्ने समय आएको छ । मेरो यो ‘फ्यान्टासी’ भारत सरकारको विश्वका ठूला १०० विश्वविद्यालयहरु लाइ भारतमा आफ्नो क्याम्पस सञ्चालन गर्न प्रोत्साहन गर्ने पछिल्लो नीतिमा आधारित छ ।

 

सोच्नुस त यदि ‘प्रिन्सटन मुम्बई’, ‘हार्वड हैदरावाद’ अथवा ‘अक्सफोर्ड कोलकाता’ खुल्यो भने अबको ३० वर्ष पछि भारतको शैक्षिक क्षेत्रको तस्वीर कस्तो बन्ला ।

 

शुरुमा ठूला विश्वविद्यालयहरु भारतमा आएर क्याम्पस खोल्ने निर्णय गर्न अलि हच्केलान । यस्ता ठूला विश्वविद्यालयहरुका शाखा क्याम्पसहरु विदेशमा अहिले पनि नभएका होइनन् । अमेरिकाको चर्चित विश्वविद्यालय ‘येल’ले सिङ्गापुरको ‘नस’ विश्वविद्यालयसँग सहकार्यमा क्याम्पस चलाएको छ ।

 

भारतमा शाखा खोल्ने विश्वविद्यालयहरु विश्वकै टप विश्वविद्यालय बन्नेछन् । टप १०० होइन टप ५० मा पर्नेछन् त्यस्ता विश्वविद्यालयहरु । भारतले आफूलाई सन् १९०० को अमेरिकाको जस्तै ठाउँमा पाउन सक्नेछ ।

 

तर, यस्ता क्याम्पसहरु विश्वविद्यालय नै भन्दा चाहिँ केही साना हुन्छन् । ठूला विश्वविद्यालयहरु आफ्नो नाम र हैसियत जोगाउन निकै चनाखो हुन्छन् । त्यसैले हार्वडलाई कोभिड-१९ पछि उस्तै गुणस्तरको कुनै विभागसँग मिलेर क्याम्पस चलाउन त्यति सहज पनि छैन ।

 

तर पनि विश्वका ठूला १०० विश्वविद्यालय मध्येका केहीले भारतमा आफ्नो क्याम्पस सञ्चालन गर्न सक्छन् । हार्वडले आनाकानी गरेपनि टेक्सास विश्वविद्यालय, जर्जिआ इन्सटिच्युट अफ टेक्नोलोजी अथवा नजिकै सिङ्गापुरका विश्वविद्यालयहरु भने आउन सक्छन् ।

 

मेरो ‘फ्यान्टासी’ के छ भने भारतमा आफ्नो कार्यक्षेत्र विस्तार गर्ने विश्वविद्यालयहरुको हैसियत धेरै माथि उठ्नेछ । भारत र दक्षिण एशिया विभिन्न क्षेत्रमा प्रतिभाहरु जन्माइरहेको छ । सुन्दर पिचाइ अल्फाबेट र गुगल चलाइरहेका छन् । सत्य नाडेला माइक्रोसफ्ट हाँक्छन् । अभिजित बेनर्जीले हालै अर्थशास्त्रमा नोबल पुरस्कार पाएका छन् । विसय आनन्द विश्वका उम्दा १०० चेस खेलाडी मध्येका एक हुन् । भारतीय लेखकहरु विश्वभर चर्चित छन् ।

 

त्यसैले भारतमा शाखा खोल्ने विश्वविद्यालयहरु विश्वकै टप विश्वविद्यालय बन्नेछन् । टप १०० होइन टप ५० मा पर्नेछन् त्यस्ता विश्वविद्यालयहरु । भारतले आफूलाई सन् १९०० को अमेरिकाको जस्तै ठाउँमा पाउन सक्नेछ । त्यतिबेला अमेरिकी विश्वविद्यालयहरु प्राज्ञहरु युरोप भन्दा पछाडि थिए । तर, केही दशकमै उनीहरुले युरोपलाई उछिने । प्रतिस्पर्धा तीव्र हुनेछ र केही टप विश्वविद्यालयहरु जो शुरुमा भारत आउन आनाकानी गरिरहेका थिए उनीहरुलाई पनि भारत पस्न करै लाग्नेछ ।

 

तपाईंलाई यो पनि लाग्न सक्छ कि भारतमा इन्डियन इन्सटिच्युट अफ टेक्नोलोजी जस्ता बेजोड संस्थाहरु हुँदा हुँदै विदेशी विश्वविद्यालयहरुका शाखाहरु किन चाहियो भनेर । मेरो ‘फ्यान्टासी’मा केही भारतीय शैक्षिक संस्थाहरुले आफूलाई उल्लेख्य ढंगले सुधार्ने छन् र आफ्ना प्रतिस्पर्धी विश्वविद्यालयहरुलाई, उदाहरणका लागि बर्कली, देश छाड्न बाध्य पार्नेछन् ।

 

साथै, टप विदेशी विश्वविद्यालयहरुले भारतीय संस्थाहरुसँग सहकार्य गरेर पनि क्याम्पसहरु चलाउन सक्नेछन्, येल विश्वविद्यालयले सिङ्गापुरको नेशनल इन्सटिच्युट अफ सिङ्गापुर (नस) सँग सहकार्य गरेजस्तै ।

 

भविष्य राम्रो हुँदै जानेछ । समयसँगै अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयका भारतीय उत्पादनहरु बढ्दै जानेछन्, अमेरिकामै गएर डिग्री गरेका भन्दा धेरै । अमेरिकाका भारतमा खुलेका क्याम्पसहरु अवसरका इन्जिनहरु हुनेछन् । अमेरिका मै गएर पढेका भन्दा भारतका अमेरिकी क्याम्पसमा पढेकाहरु अब्बल हुनु स्वभावीक हुनसक्नेछ । अहिले अमेरिकी संस्थाहरुको प्रभुत्व रहेको समयमा प्रतिस्पर्धाका आगो सल्काउन यो भन्दा राम्रो उपाय के पो हुनसक्ला ?

 

अनि केही महत्वाकांक्षी अमेरिकी विद्यार्थीहरु अमेरिकामा भन्दा भारतमा आएर पढ्न रुची राख्लान् । अनी के तपाईंलाई क्षमतावान सहपाठीको वरिपरी बसेर पढ्न मन लाग्दैन ? अर्को पुस्ताको आइन्सटाइन, भोन न्यूम्यान वा रामानुजानको वरिपरी बसेर पढिरहेको अनुमान गर्नुस त ।

 

सबैभन्दा राम्रो, अमेरिकी विश्वविद्यालयहरुले आफ्नो गुणस्तर र हैसियतसँग सम्झौता नगरी धेरै विद्यार्थीहरुका लागि आफ्नो ढोका खोल्न सिक्नेछन् । मुम्बइको प्रिन्सटनले न्यू जर्सीको प्रिन्सटनलाई झनै ठूलो बनाउन मद्दत पुर्याउनेछ । यदि उनीहरुले केरलामा धेरैभन्दा धेरै गुणस्तरीय विद्यार्थीहरु भर्ना गर्न सके भने उनीहरुले सब अर्वन मेरिल्याण्डमा पनि यस्तै गर्न नसक्लान् ? अथवा, डेट्रोइट मा ?

 

मैले भनिसकें, यो सबै ‘फ्यान्टासी’ हो । भारतीय कर्मचारीतन्त्रले दिक्दार बनाउन सक्छन् । राजनीति असहयोगी हुन सक्छ । र, धेरै क्षमतावान फ्याकल्टीहरु भारतमा आउन त परै जाओस यहाँबाट बाहिर जान खोजिरहेका छन् । तर, उदाउँदो भारतलाई हेर्दा मेरो यो ‘फ्यान्टासी’ हावादारी सपना पनि होइन । अमेरिकी र बेलायती उच्च शिक्षाको लागि भारतीय विस्तार यो शताब्दीकै सबैभन्दा उल्लेख्य कदम हुन सक्छ ।

-दी इकोनोमिक टाइम्स

सवारी पास वितरण बन्द गर्न गृहको निर्देशन Read Previous

सवारी पास वितरण बन्द गर्न गृहको निर्देशन

अब लगानीकर्ताले ब्रोकरमा राखेको धरौटी रकमको पनि ब्याज पाउने Read Next

अब लगानीकर्ताले ब्रोकरमा राखेको धरौटी रकमको पनि ब्याज पाउने