सवारी पास वितरण बन्द गर्न गृहको निर्देशन

काठमाडौं ।  गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ ।

 

सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गते (बिहीबार) देखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।

 

कोभिड -१९ को जोखिम उच्च भएकाले नेपाल सरकारबाट विभिन्न समयमा भएको निर्णय र मन्त्रालयबाट भएको निर्देशनसमेतका आधारमा उक्त परिपत्र जारी गरिएको हो ।

 

‘हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि सवारी पास वितरण नगर्नू नगराउनुहुन आदेशानुसार अनुरोध छ,’ मन्त्रालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

 

यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समयमा मुलुकभर कोभिड -१९ को संक्रमण बढ्दो छ । काठमाडौँ उपत्यकामा समेत सङ्क्रमण बढिरहेकाले प्रवेशमा कडाइ गरिएको छ ।

४ महिनापछि खुलेका सौराहाका होटल २ हप्तामै पुनः बन्द Read Previous

४ महिनापछि खुलेका सौराहाका होटल २ हप्तामै पुनः बन्द

हार्वड हैदरावाद र अक्सफोर्ड कोलकाता होला ? यसरी बन्दैछ अमेरिकी उच्च शिक्षाको भविष्य भारत Read Next

हार्वड हैदरावाद र अक्सफोर्ड कोलकाता होला ? यसरी बन्दैछ अमेरिकी उच्च शिक्षाको भविष्य भारत