नेपाली पाँच वाणिज्य बैंक ‘एशिया मनि अवार्ड’बाट पुरस्कृत

काठमाडौं । नेपालका ५ वटा वाणिज्य बैंकहरु ‘एशिया मनि अवार्ड’ बाट पुरस्कृत भएका छन् । युरोपबाट निस्कने पत्रिका ‘युरो मनि’ ले हरेक वर्ष प्रदान गर्ने यस अवार्डका विभिन्न ७ विधामा नेपालका ५ वटा वाणिज्य बैंकहरुले अवार्ड जितेका छन् ।

 

१२ जुलाईमा हङकङमा आयोजित कार्यक्रममा नेपालका नबिल, मेगा, स्टाण्डर्ड चार्टड, नेपाल इन्भेस्टमेन्ट र राष्ट्रिय वाणिज्य बैंकले अवार्ड जित्न सफल भएका हुन् ।

 

विश्वभरका करिब २ हजार बैंकहरु यो अवार्डका लागि नोमिनेसनमा परेका थिए । हरेक देशलाई छुट्टाछुट्टै यो अवार्ड प्रदान गरिन्छ । यसमा नेपाली बैंकहरुलाई पहिलोचोटी समेटिएको हो ।

 

पछिल्लो समय अब्बल बन्दै गएको मेगा बैंकले दुई विधामा अवार्ड जितेको छ । मेगाले ‘बेस्ट बैंक अफ माइक्रोफाइनान्स’ र ‘बेस्ट बैंक फर स्मल टू मिडियम इन्टरप्राइजेज’ अवार्ड जित्न सफल भएको हो ।

 

यस्तै नेपालको पहिलो ज्वाइन्ट भेञ्चर बैंकको रुपमा रहेको नविल बैंकले पनि दुई विधामा अवार्ड जितेको छ । नविलले ‘बेष्ट डोमेस्टिक बैंक’ र ‘बेस्ट डिजिटल बैंक’ को अवार्ड प्राप्त गरेको छ ।

 

यसैगरी स्टाण्डर्ड चार्टड बैंकले ‘बेस्ट इन्टरनेसनल बैंक’ अवार्ड जित्न सफल भएको छ । ‘बेस्ट कर्पोरेट एण्ड इन्भेस्टमेन्ट बैंक अवार्ड’ नेपाल इन्भेस्टमेन्ट बैंकले जितेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि ‘बेस्ट सीएसआर बैंक अवार्ड’ जित्न सफल भएको छ ।

आइकाओ सम्मेलन भदौ २ देखि काठमाडौँमा हुँदै Read Previous

आइकाओ सम्मेलन भदौ २ देखि काठमाडौँमा हुँदै

वर्षामा किन डुब्यो काठमाडौं उपत्यका, बढ्दै छ हरेक वर्ष खतरा Read Next

वर्षामा किन डुब्यो काठमाडौं उपत्यका, बढ्दै छ हरेक वर्ष खतरा