भदौ १६ देखि उडान गर्न नदिए आन्दोलन गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी

काठमाडौं। वायुसेवा सञ्चालक संघले आगामी भदौ १६ गतेपछि पनि आन्तरिक हवाई सेवा सुरु नभएमा आन्दोलनमा जाने घोषणा गरेका छन्।

 

आज एक विज्ञप्ति जारी गर्दै संघले विश्वभर सबै ठाँउमा आन्तरिक उडान चलिरहेकाले नेपालमा पनि कम्तीमा भदौ १६ गतेबाट आन्तरिक हवाई सेवा सुरु गर्न माग गरेका छन् ।

 

कोरोना महामारीको दौरानमा उडानलाई व्यवस्थित तुल्याउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र आइकाओले निर्धारण गरेको मापदण्डलाई मध्यनजर गर्दै वायुसेवा कम्पनीहरुले उडान संचालनका लागि सम्पूर्ण तयारी पूरा गरी तयारी पूरा गरेर बसेको विज्ञप्तिमा उल्लेख छ ।

 

आन्तरिक वायुसेवा प्रयोग गर्दैमा संक्रमण फैलिदैन र यदि सरकारवाट संक्रमण परीक्षण गर्न चाहेको खण्डमा एउटै ठाउँमा सम्भव हुन सक्ने भन्दै सञ्चालकहरुले टिकेटिङ सिष्टमबाट यात्रुहरुको कन्ट्याक्ट ट्रेसिङ पनि क्षणभर मै गराउन सक्ने उल्लेख गरेका छन् ।

 

यसअघि सरकारको निर्णय अनुसार भदौ १ गतेबाट सेवा सुरु गर्ने तयारी गरेका कम्पनीहरुले अब भने भदौ १६ गतेबाट पनि सेवा रोके आफूहरु आन्दोलनमा उत्रन बाध्य हुने उल्लेख गरेका छन् ।

 

देशमा गइरहेको बाढीपहिरो, असक्त बिरामी, सुत्केरी लगायतलाई उद्धारका लागि नियमित उडान नहुँदा ठूलो असर परिरहेकोले आन्तरिक उडान खोल्नु पर्ने संघले माग गरेको छ ।

मध्यपहाडी राजमार्ग पनि समयमै पूरा नहुने रोगबाट ग्रसित, १३ वर्षमा आधा पनि काम भएन Read Previous

मध्यपहाडी राजमार्ग पनि समयमै पूरा नहुने रोगबाट ग्रसित, १३ वर्षमा आधा पनि काम भएन

५० करोड लगानीमा कागज उद्योग सञ्चालनमा, कार्टुन उत्पादन प्राथमिकतामा Read Next

५० करोड लगानीमा कागज उद्योग सञ्चालनमा, कार्टुन उत्पादन प्राथमिकतामा