बैंक अफ काठमाण्डूको नाफा ४२ करोड घट्यो, लाभांश क्षमता कति

काठमाडौं । कोरोनाको असर बैैंक तथा वित्तीय संस्थाहरुको नाफामा पनि देखिन थालेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनि गरेका प्रायः जसो बैंक तथा वित्तीय संस्थाहरुको खुदा नाफामा गिरावट आएको विवरण प्रकाशित गरेका छन् ।

 

यसैबीच, बुधबार बैंक अफ काठमाण्डूले पनि २२.२१ प्रतिशत खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

 

बैंकले गत आवको असार मसान्तसम्ममा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४२ करोड १४ लाख रुपैयाँ कम हो । बैंकले अघिल्लो आवको असारसम्ममा १ अर्ब ८९ करोड ६९ लाख रुपैयाँ मात्र नाफा कमाएको छ।

 

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ८८ करोड ७ लाख रुपैयाँमा रहेको छ । यसबाट बैंकले सेयरधनीलाई १० प्रतिशतसम्म लाभांश बाँड्न सक्छ । यद्यपि बैंकले गत वर्षमा अशुल हुन नसकेको ऋण आगामी असोजसम्ममा असुली गर्न सकेका त्यसबाटद हुने नाफा पनि जोडेर लाभांश बाँड्न सक्नेछ ।

हाल ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ८० करोड ८४ लाख रुपैयाँ र सेयरधनी कोषमा ९५ करोड ५२ लाख रुपैयाँ सञ्चित छ।

 

समीक्षा अवधिसम्ममा बैंकले ९२ अर्ब १० करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबापत बैंकले ३ अर्ब ५८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

 

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ६२ करोड ९६ लाख रुपैयाँ घटेर २ अर्ब ११ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ।

 

नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो आवमा २३.५३ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी ६.२७ रुपैयाँले घटेर १७.२६ रुपैयाँमा झरेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १६७.४४ रुपैयाँ, मूल्य आम्दानी अनुपात असार मसान्तमा १२.६९ गुणा, निष्क्रिय कर्जा २.३५ प्रतिशत छ।

बजारमा आइपीओको बाढी, भदौ ४ देखि रिलायन्स इन्स्योरेन्स र समाज लघुवित्तको आइपीओ खुल्ने Read Previous

बजारमा आइपीओको बाढी, भदौ ४ देखि रिलायन्स इन्स्योरेन्स र समाज लघुवित्तको आइपीओ खुल्ने

ठूलो तामझामका साथ ल्याइएको सरकारी योजना सेलाउँदै, लक्षित वर्गको सहभागिता निराशाजनक Read Next

ठूलो तामझामका साथ ल्याइएको सरकारी योजना सेलाउँदै, लक्षित वर्गको सहभागिता निराशाजनक