अब होटल, रेष्टुराँमा बसेर खान नपाइने

काठमाडौं । सरकारले होटल तथा रेष्टुराँमा बसेर खान नपाइने व्यवस्था पुनः लागू गरेको छ ।

 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठक होटल तथा रेष्टुराँमा बसेर खानारखाजा खाँदा कोरोनाको जोखिम बढेको भन्दै यस्तो व्यवस्था गरिएको सरकारका प्रवक्ता, अर्थ तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

 

उनका अनुसार होटल, रेष्टुँराले ‘टेक अवे’ सेवा भने सञ्चालन गर्न पाउनेछन् । चैत १० गतेदेखि लकडाउन लागू गरेदेखि होटल, रेष्टुँरा सञ्चालनमा रोक लगाएको थियो ।

 

लकडाउन खुकुलो भएसँगै साउन १५ देखि सरकारले होटल, रेष्टुँरा सञ्चालन गर्न खुला गरे पनि अहिले कोरोना संक्रमण बढेसँगै पुनः बन्द गरेको हो ।

 

त्यस्तै सरकारले भारतबाट नेपाल आउने नागरिकका लागि मुलुकका विभिन्न १० वटा नाका मात्रै प्रयोगमा ल्याउने निर्णय भएको छ ।

 

खतिवडाका अनुसार भारतबाट स्थलमार्ग हुँदै आउने नागरिकले लागि अब काँकडभिट्टा, रानी, माधव, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकी नाका प्रयोग गर्न पाउनेछन् ।

 

स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको उनले बताए ।

रोल्पामा नाइट भिजन हेलिप्याड निर्माण Read Previous

रोल्पामा नाइट भिजन हेलिप्याड निर्माण

बजारमा आइपीओको बाढी, भदौ ४ देखि रिलायन्स इन्स्योरेन्स र समाज लघुवित्तको आइपीओ खुल्ने Read Next

बजारमा आइपीओको बाढी, भदौ ४ देखि रिलायन्स इन्स्योरेन्स र समाज लघुवित्तको आइपीओ खुल्ने