ज्योति विकास बैंकले ‘न्यानो नानी’ बेबी वार्मर बनाउन आविष्कार केन्द्रलाई ८ लाख दिने

काठमाडौं । ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ बेबी वार्मर सम्बन्धी परियोजनामा सहकार्य गर्ने घोषणा गरेको थियो।

 

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा साउन ९ गते यस्तो घोषणा गरेको हो । सोहीअनुसार सोमबार दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

 

सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष डा. महावीर पुनले हस्ताक्षर गरे।

 

उक्त सम्झौता बमोजिम ज्योति विकास बैंकले १० वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाउनको लागि आवश्यक ८ लाख राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्नेछ।

 

ती उपकरणहरु दुवै संस्थाहरुको संयुक्त सहकार्यमा देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई प्रदान गरिनेछ बताइएको छ।

 

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको बेबी वार्मरले देशको विभिन्न स्थानहरुमा शिशु मृत्युदर समेत न्यूनीकरण गर्न योगदान पुर्याउने हुँदा बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग उक्त सम्झौता गरेको हो।

 

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

 

हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३१ अर्व रुपैयाँ लगानी गर्न सफल भएको छ।

आइएमई पे र जनरल इन्सोरेन्स बीच सम्झौता Read Previous

आइएमई पे र जनरल इन्सोरेन्स बीच सम्झौता

थप ६३८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु, १७१ डिस्चार्ज Read Next

थप ६३८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु, १७१ डिस्चार्ज