थप ६३८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु, १७१ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ५६२ नमूना परीक्षणमा देशका विभिन्न जिल्लाका ६३८ जनामा कोरोना पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा थप १७१ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १६ हजार ६६४ पुगेको छ ।

 

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ ।

ज्योति विकास बैंकले ‘न्यानो नानी’ बेबी वार्मर बनाउन आविष्कार केन्द्रलाई ८ लाख दिने Read Previous

ज्योति विकास बैंकले ‘न्यानो नानी’ बेबी वार्मर बनाउन आविष्कार केन्द्रलाई ८ लाख दिने

खतिवडाको डोजरले भत्काइदिएको विद्युतीय सवारी गुड्ने ‘ट्रयाक' सम्याउँदै व्यवसायी Read Next

खतिवडाको डोजरले भत्काइदिएको विद्युतीय सवारी गुड्ने ‘ट्रयाक' सम्याउँदै व्यवसायी