सेयर बजारमा सामान्य गिरावट, १ अर्ब २७ करोडको कारोबार हुँदा ३ कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । दुई दिन लगातार दोहोरो अंक्ले बढेको बजारमा आज सामान्य गिरावट आएको हो ।

 

आज सेयर बजार मापक सूचक नेप्से ६.६१ घटेर १४२३.८१ बिन्दुमा आइपुगेको छ । यसदिन १९० कम्पनीको १ अर्ब २७ करोड १७ लाख ३८ हजार ९१४ रुपैयाँ बराबरको कारोबार भएको छ । ३६ लाख ३० हजार ८४५ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै ४३.२३ अंकले घटेको छ ।

 

कोराबार रकमका आधारमा आज पनि नेपाल पुनर्बीमा कम्पनीको सेयर शीर्ष स्थानमा रह्यो । यसको १२ करोड १६ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल लाइफ इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज ३ वटा कम्पनीको मूल्यमा सर्किट लागेको छ । अजोड इन्स्योरेन्स र साधना लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

आज नेपाल फाइनान्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको मूल्य करिब १० प्रतिशतले घटेको छ ।

व्यापारीसँगको मिलेमतोमा पानीको मूल्य बढाइएको भन्दै खारेज गर्न माग Read Previous

व्यापारीसँगको मिलेमतोमा पानीको मूल्य बढाइएको भन्दै खारेज गर्न माग

६ लेनको भैरहवा-तौलिहवा सडक विस्तार मंसिरसम्म सम्पन्न हुने Read Next

६ लेनको भैरहवा-तौलिहवा सडक विस्तार मंसिरसम्म सम्पन्न हुने