एनआइसी एसिया ग्रोथ फन्डले १० लाभांश दिने घोषणा

काठमाडौं । एनआइसी एसिया ग्रोथ फन्डले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लगानीकर्तालाई १०% नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

 

योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलको शुक्रबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत आर्थिक वर्षको मुनाफाबाट कर सहित १०% नगद दिने घोषणा गरेको हो ।

 

यस आधारमा फन्डले ८ करोड ३५ लाख २० हजार रुपैयाँ बराबरको नगद प्रतिफल वितरण गर्नेछ । एनआइसी एसिया ग्रोथ फन्ड एनआइसी एसिया क्यापिटललको व्यवस्थापनमा सञ्चालित दोस्रो म्युचुअल फन्ड हो ।

 

यता, एनआइसी एसिया क्यापिटलकै व्यवस्थापनमा साउन ८ गतेबाट ‘एनआइसी एसिया ब्यालेन्स फन्ड’ का नाममा अर्को म्युचुअल फन्ड योजना खुला गरेको छ । यसको १२ करोड ५० लाख इकाई म्युचुअल फन्ड निष्कासन खुला भएको हो ।

काठमाडौंमा निर्माण सामग्रीको आपूर्तिमा असहज,   पूर्वाधार निर्माणमा समस्या Read Previous

काठमाडौंमा निर्माण सामग्रीको आपूर्तिमा असहज, पूर्वाधार निर्माणमा समस्या

उन्नति माइक्रोफाइनान्स र सहकार्य लघुवित्तबीच मर्जरमा जाने सहमति Read Next

उन्नति माइक्रोफाइनान्स र सहकार्य लघुवित्तबीच मर्जरमा जाने सहमति