तुम्लिङटारमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सङ्खुवासाभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा एक्सटेन्सन काउन्टरबाट सेवा शुरु गरेको छ ।

 

बैंकले साउन २२ देखि तुम्लिङटारमा सेवा शुरु गरेको हो । यस शाखाबाट विशेष गरेर भोजपुरको उत्तरी क्षेत्रका पाँचखपन, धर्मदेवी र चैनपुर नगरपालिका तथा तुम्लिङटारका स्थानीयवासीले सेवा लिने बैंकले जनाएको छ ।

 

वाणिज्य बैंकमा कारोबार गर्न सदरमुकाम नै धाउनुपर्ने गुनासो स्थानीयवासीले गरेपछि एक्सटेन्सन काउन्टरबाट सेवा शुरु गरिएको हो ।

 

यो काउन्टरबाट नगद जम्मा, भुक्तानी, पेन्सन, सामाजिक सुरक्षा भत्ता, तलबलगायत सेवा उपलब्ध हुनेछ ।

काठमाडौंमा ४३ सहित थप ३३८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु, १४० डिस्चार्ज Read Previous

काठमाडौंमा ४३ सहित थप ३३८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु, १४० डिस्चार्ज

भदौ ३ देखि लिवर्टी इनर्जीको आइपीओ खुल्ने Read Next

भदौ ३ देखि लिवर्टी इनर्जीको आइपीओ खुल्ने