काठमाडौंमा ४३ सहित थप ३३८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु, १४० डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३८जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ४३ सहित देशका विभिन्न जिल्लाका ३३८ जनामा कोरोना पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा थप १४० जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १६ हजार ४९३ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान जानेको संख्या ७९ पुगेको छ ।

भारतीय अर्थतन्त्रमा सबैभन्दा ठूलो मन्दी आउन सक्ने, यस्ता छन् मनमोहन सिंहका ३ सुझाव Read Previous

भारतीय अर्थतन्त्रमा सबैभन्दा ठूलो मन्दी आउन सक्ने, यस्ता छन् मनमोहन सिंहका ३ सुझाव

तुम्लिङटारमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर Read Next

तुम्लिङटारमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर