नेप्सेद्वारा एनआडीसी डेभलपमेन्ट बैंकको धितोपत्र सूचीकरण खारेज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एनआडीसी डेभलपमेन्ट बैंकको धितोपत्र सूचीकरण खारेज गरेको छ ।

 

एनआडीसी २०७५ बैशाख १९ गतेदेखि राष्ट्रिय वाणिज्य बैंकमा बिलय भई एकीकृत कारोबार भइसकेकाले हाल अस्तित्वमा नरहेको भन्दै नेप्सेले सूचीकरण खारेज गरेको हो ।

 

धितोपत्र विनियमावली २०७५, विनियम १९ बमोजिम कुनै संगठित संस्था गाभिएर, खरिद वा विलय भएर अस्तित्वमा नरहे त्यस्ता संस्थाको सूचीकरण खारेज हुने व्यवस्था छ ।

 

राष्ट्रिय वाणिज्य बैंकले प्राप्ति गर्ने सम्झौता भएसँगै एनआडीसीको सेयर कारोबार २०७४ भदौ १२ गतेदेखि स्थगन गरिएको थियो ।

सरकारी सेवा धमाधम बन्द गरिँदै, भोलिदेखि काठमाडौंका मालपोत नखुल्ने Read Previous

सरकारी सेवा धमाधम बन्द गरिँदै, भोलिदेखि काठमाडौंका मालपोत नखुल्ने

भारतीय अर्थतन्त्रमा सबैभन्दा ठूलो मन्दी आउन सक्ने, यस्ता छन् मनमोहन सिंहका ३ सुझाव Read Next

भारतीय अर्थतन्त्रमा सबैभन्दा ठूलो मन्दी आउन सक्ने, यस्ता छन् मनमोहन सिंहका ३ सुझाव