सेयर बजारमा उच्च अंकको वृद्धि, १ अर्ब ५५ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । आइतबार दोहोरो अंकले बढेको बजारमा आज पनि उच्च अंकको वृद्धि देखिएको ।

 

आज सेयर बजार मापक सूचक नेप्से ३७.७४ अंकले बढेर १४३०.४१ बिन्दुमा पुगेको छ । यसदिन १८९ कम्पनीको १ अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ रुपैयाँ बराबरको कारोबार भएको छ । ४२ लाख ५२ हजार ८०८ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २८३.०८ अंकले बढेको छ ।

 

कोराबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको सेयर शीर्ष स्थानमा रह्यो । यसको ६ करोड ९२ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल लाइफ इन्स्योरेन्स र अजोड इन्स्योरेन्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज २ वटा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । अजोड इन्स्योरेन्स र साधना लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

आज दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५.७० प्रतिशतले घटेको छ ।

साँगा नाका हुँदै उपत्यका प्रवेशमा रोक Read Previous

साँगा नाका हुँदै उपत्यका प्रवेशमा रोक

सरकारी सेवा धमाधम बन्द गरिँदै, भोलिदेखि काठमाडौंका मालपोत नखुल्ने Read Next

सरकारी सेवा धमाधम बन्द गरिँदै, भोलिदेखि काठमाडौंका मालपोत नखुल्ने