बैंक अफ काठमाण्डूको ३ लाख १६ हजार कित्ता सेयर १४० रुपैयाँमै किन्ने अवसर

काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।

 

बैंकले भदौ १ गतेदेखि संस्थापक सेयरधनीको नाममा रहेकोे ३ लाख १६ हजार १५६ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

 

बैंकको लिलामीमा आएको सेयर किन्न इच्छुकले न्यूनतम १४० रुपैयाँभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

 

बैंकको लिलामीमा आएको सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

लगानीकर्ताले भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । बिक्री एनएमबी क्यापिटल नागपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

 

लिलामी सेयरको आवेदन भदौ ९ गते बिहान १० बजे एनएमबी क्यापिटलको कार्यालय नागपोखरीमा खोलिनेछ ।

प्यान नम्बर लिनेको संख्या दोब्बरले बढ्यो, ११ महिनामा थपिए ११ लाख ३० हजार Read Previous

प्यान नम्बर लिनेको संख्या दोब्बरले बढ्यो, ११ महिनामा थपिए ११ लाख ३० हजार

साँगा नाका हुँदै उपत्यका प्रवेशमा रोक Read Next

साँगा नाका हुँदै उपत्यका प्रवेशमा रोक