प्यान नम्बर लिनेको संख्या दोब्बरले बढ्यो, ११ महिनामा थपिए ११ लाख ३० हजार

काठमाडौं । गत आर्थिक ११ महिनामा ११ लाख ३० हजार ७६१ करदाता थपिएका छन् ।

 

आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्ममा २१ लाख ७१ हजार ५२४ करदाता रहेकोमा गत आवको जेठसम्ममा त्यो संख्या ५२ प्रतिशतले बढेर ३३ लाख २ हजार २८५ पुगेको छ ।

 

विभागका अनुसार गत आवको ११ महिनामा मात्रै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या दोब्बरले बढेको छ । गत आवमा मात्रै ९ लाख ३७ ८७१ जनाले व्यक्तिगत प्यान लिएका छन् । गत आवको जेठ मसान्त सम्ममा व्यक्तिगत प्यान लिनेको कुल संख्या १९ लाख ३० हजार ९५१ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा यो संख्या ९ लाख ९२ हजार ८८० थियो ।

 

त्यस्तै, गत आवको ११ महिनामा व्यावसायीक प्यान (बी प्यान) लिनेको संख्या २७.२ प्रतिशतले बढेको छ । गत आवमा मात्रै १ लाख ८८ हजार ३२१ जनाले बीप्यान लिएका छन् । गत जेठ मसान्तसम्ममा बीप्यान लिनेको कुल संख्या १३ लाख ६६ हजार ७०४ पुगेको छ ।

 

यस्तै सो अवधिमा ३८९३ करकट्टी गर्ने निकायले प्यान नम्बर लिएका छन् । यो गत आवको असारको तुलनामा ८११ प्रतिशतले बढी हो । प्यान नम्बर लिने करकट्टी गर्ने निकायको संख्या जेठसम्ममा सम्म ४ हजार ६३० पुगेको छ ।

 

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत अनिवार्य रुपमा प्यान कार्ड लिनुपर्ने व्यवस्था लागू गरेको थियो । सो अनुसार कुनैपनि व्यक्तिले १ हजार रुपैयाँभन्दा बढी तलब वा पारिश्रमिक लिन अनिवार्य प्यान लिएको हुनुपर्ने व्यवस्था गरिएको थियो । सरकारले त्यसलाई परिमार्जन गरी हाल ३ हजारसम्म पारिश्रमिक लिन प्यान नचाहिने बनाएको छ ।

उपभोक्तालाई बारम्बार ठग्दै भाटभटेनी सुपरमार्केट Read Previous

उपभोक्तालाई बारम्बार ठग्दै भाटभटेनी सुपरमार्केट

बैंक अफ काठमाण्डूको ३ लाख १६ हजार कित्ता सेयर १४० रुपैयाँमै किन्ने अवसर Read Next

बैंक अफ काठमाण्डूको ३ लाख १६ हजार कित्ता सेयर १४० रुपैयाँमै किन्ने अवसर