सिद्धार्थ बैंकको खुद नाफा १६ करोड घट्यो, वितरण योग्य नाफा कति

काठमाडौं । सिद्धार्थ बैंकको नाफामा सामान्य गिरावट आएको छ । बैंकले सोमबार सार्वजनिक गरेको गत आवको चौथो वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा खुद नाफा ७.३० प्रतिशत घटेको छ ।

 

बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड ४९ लाख रुपैयाँ कम हो। बैंकले अघिल्लो आवमा २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

खुद ब्याज आम्दानी बढेपनि बैंकले खर्च नियन्त्रण गर्न नसक्दा खुद नाफा घट्न पुगेको देखिन्छ ।

हाल ९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब २४ करोड ३३ लाख रुपैयाँ सञ्चित छ । यस्तै, सेयरधनी कोषमा ९४ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८६ करोड ६४ लाख रुपैयाँ रहेको छ।

 

समीक्षा अवधिसम्ममा बैंकले १ खर्ब ३९ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

 

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा २५.४ रुपैयाँ रहेको बैंकको प्रतिसेयर ४.०२ रुपैयाँले घटेर गत आर्थिक वर्षमा घटेर २१.३८ रुपैयाँमा आइपुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६३.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.८४ गुणा र निष्क्रिय कर्जा १.५६ प्रतिशत रहेको छ ।

सरकारको ध्यान कर उठाउनमै केन्द्रित, सेवा भने धमाधम बन्द गर्दै Read Previous

सरकारको ध्यान कर उठाउनमै केन्द्रित, सेवा भने धमाधम बन्द गर्दै

कोरोनाले जीवनशैलीमा ल्याएको परिवर्तन, यसरी फस्टाउँदै छ अनलाइन किनमेल Read Next

कोरोनाले जीवनशैलीमा ल्याएको परिवर्तन, यसरी फस्टाउँदै छ अनलाइन किनमेल