कोरियन कम्पनीद्वारा फास्ट ट्रयाकको सर्भे सुरु, मंसिरसम्म सुरुङ निर्माणको बोलपत्र आह्वान

निर्माणधीन फास्टट्रयाक

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई, मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) मा हालै छनोट भएको अन्तर्राष्ट्रिय परामर्शदाता योसिन इञ्जिनियरिङ कर्पोरेसनले आजबाट सर्भेको काम सुरु गरेको छ ।

 

नेपाल सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार जेठ २ गते सेनाले उक्त कोरियन कम्पनीसँग सम्झौता गरेको थियो । उक्त कम्पनीले सर्भे मार्फत प्राविधिक डिजाइन तथा सुपरिवेक्षण गर्ने छ ।

 

सर्भे छिट्टै सकेर अन्य कामहरुलाई पनि गति दिइने उनले बताए । ‘कोरियन कम्पनीले आजबाट आफ्नो सर्भे सुरु गरिसकेको छ, सक्दो चाँडै सर्भे सकेर अन्य कमहरुले पनि गति पाउने छन्,’ पौडेलले भने ।

 

द्रुत मार्गमा तीन वटा सुरुङ निर्माण हुनेछ । आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार महादेवडाँडामा ३.३५५ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । धेद्रेमा १.६३० र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ निर्माण गर्ने तयारी छ ।

 

नेपाल सेनाले चालू आर्थिक वर्षमै टनेल निर्माणका लागि बोलपत्र आवहान गर्ने तयारी गरिरहेको छ । उनका अनुसार २ वटा प्याकेजमा महादेव टार, लेनडाँडा र धेद्रे गरेर तीन वटा टनेल निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको हो । मंसिरमा उक्त बोलपत्र आह्वान गरिने पौडेलले बताए । उनले सो सुरुङ मार्ग खन्न २०७८ बैशाखबाट सुरु गरिने बताए ।

 

‘सुरुङ निर्माण धेरै गर्नु छ तर, ती मध्ये ३ वटा सुरुङलाई २ वटा प्याकेजमा बोलपत्र आवहान गरी बनाउने तयारीमा छौँ, मंसिरबाटै बोलपत्र आह्वान गरिने छ,’ प्रवक्ता पौडेलले भने ‘२०७८ बैशाखबाट टनेल खन्ने काम सुरु हुन्छ ।’

 

द्रुत मार्गमा तीन वटा सुरुङ निर्माण हुनेछ । आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार महादेवडाँडामा ३.३५५ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । धेद्रेमा १.६३० र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ निर्माण गर्ने तयारी छ ।

 

आर्थिक वर्ष २०८०/८१ मा फास्त ट्रयाक सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सेनाका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा द्रुतमार्ग आयोजनाका भौतिक प्रगति ११.११ प्रतिशत र वित्तीय प्रगति ९.१० प्रतिशत मात्र रहेको थियो । गत आवमा कोभिड १९ का कारण द्रुतमार्ग आयोजनाले गति लिन सकेको थिएन ।

 

द्रुतमार्ग परियोजनामा तीनवटा सुरुङ र साना/ठूला गरी ८७ वटा पुल निर्माण हुनेछन् ।तीमध्ये १७ वटा पुल विशेष प्रकृतिका रहने छन् । कुल साढे ७२ किलोमिटरको हुने द्रुतमार्गमा सडक ५५.५ किमि, सुरुङमार्ग ६.४१ किमि र पुल १०.५९ किमि पर्नेछ ।

 

सेनाका अनुसार समयमै काम सक्नका लागि आयोजनालाई ११ वटा खण्डमा विभाजन गरेर समग्र योजना बनाएर निर्माण अघि बढाइएको छ । जसमा सेना र अन्तर्राष्ट्रिय परामर्शदाता एकसाथसँगै भएर काम गर्नेछन् ।

 

द्रुतमार्गका सडकमा समथर भू-भागमा २७ मिटर चौडाइ र अरू ठाउँमा २५ मिटर चौडाइ हुनेछ । आयोजनामा तीनवटा सुरुङको लम्बाइ ६.४१ किलोमिटर र पुलको लम्बाइ १०.५९ किलोमिटर हुनेछ ।

 

फास्ट ट्रयाकमा गत आर्थिक वर्ष २०७६/७७ मा कुल १५ अर्ब ७२ लाख रुपयाँ बजेट विनियोजन गरिएको थियो । त्यस अन्तर्गत खर्च हुन नसकेको ७ अर्ब ७० लाख रुपैयाँ फिर्ता गरेको थियो । गत आवमा द्रुतमार्ग आयोजनाको कुल बजेट खर्च ९.१० प्रतिशत रहेको थियो ।

 

चालू आर्थिक वर्ष २०७७/८० कालागि ८ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

चीनले ७ महिनामै बनायो १३१० किमी रेलमार्ग, देशभर कुल १ लाख ४१ हजार किमी Read Previous

चीनले ७ महिनामै बनायो १३१० किमी रेलमार्ग, देशभर कुल १ लाख ४१ हजार किमी

शासक उत्तरदायी नबन्दा राज्य कसरी असफल हुन्छ भन्ने लेबनानबाट सिकौँ, नेपालमा पनि यस्तै खतरा Read Next

शासक उत्तरदायी नबन्दा राज्य कसरी असफल हुन्छ भन्ने लेबनानबाट सिकौँ, नेपालमा पनि यस्तै खतरा