चीनले ७ महिनामै बनायो १३१० किमी रेलमार्ग, देशभर कुल १ लाख ४१ हजार किमी

बेइजिङ । चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कुल १ लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ ।

 

राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर उच्च गतिको रेलसेवा रहेको छ ।

 

कर्पोरेसनले जुलाईमा मात्र चिनियाँ रेलवेको चल सम्पत्तिमा ९ अर्ब ६७ करोड अमेरिकी डलर लगानी गरिएको जनाएको छ । पछिल्लो समय चीनले ठूला र मध्यम क्षमताका रेलको विस्तारमा बढी लगानी गरेको छ । रेलसेवाको विस्तार र सुधारमा अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब ११.३ प्रतिशतले बढी खर्च गरिएको कर्पोरेसनले जनाएको छ ।

 

चीनले सन् २०२० पहिलो ७ महिनाको अवधिमा १ हजार ३१० किलोमिटर नयाँ रेलवे लाइन शुरु भएको छ, जसमा ७३३ किलोमिटर उच्च गतिको रेलवे समेत रहेको कर्पोरेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिन्ह्वा

'अड लट' सेयर बेच्ने ब्रोकर नं. ४४ लाई नेप्सेको कारबाही, सेयर कारोबारमा रोक Read Previous

'अड लट' सेयर बेच्ने ब्रोकर नं. ४४ लाई नेप्सेको कारबाही, सेयर कारोबारमा रोक

कोरियन कम्पनीद्वारा फास्ट ट्रयाकको सर्भे सुरु, मंसिरसम्म सुरुङ निर्माणको बोलपत्र आह्वान Read Next

कोरियन कम्पनीद्वारा फास्ट ट्रयाकको सर्भे सुरु, मंसिरसम्म सुरुङ निर्माणको बोलपत्र आह्वान