
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डाइनामिक मनी म्यानेजर्स सेक्युरिटीज (ब्रोकर नम्बर ४४) लाई कारबाही गरेको छ।
नेप्सेले अड लट सेयर बिक्री गरेको भन्दै डाइनामिक मनीलाई कारबाही गरेको हो। कारबाही स्वरुप नेप्सेले उक्त ब्रोकरलाई एकदिन (आइतबार) सेयर कारोबार गर्न रोक लगाएको छ ।
धितोपत्र कारोबार संचालन विनियमावली २०७५ को नियम अनुसार न्यूनतम खरिद बिक्री एकाइभन्दा कम परिमाणको सेयरको ‘अड लट’ कारोबार हुन्छ। तर न्यूनतम कारोबार एकाइ वा सोभन्दा बढी धितोपत्र उसका धितोपत्र धनीले त्यस्तो ‘अड लट’ बनाइ बिक्री गर्न नपाइने व्यवस्था छ ।
तर, डाइनामिकले काननू व्यवस्था विपरीत अडलट सेयर कारोबार पाइएको भन्दै कारोबार गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेले डाइनामिकलाई अब उप्रान्त त्यस्तो कार्य नगर्न भनि सचेत समेत गराएको छ।