काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि पछिल्लो समयमा बैंकहरु बीच सस्तो ब्याजदरमा घरजग्गा, गाडी, सेयर किन्न ऋण दिने प्रतिस्पर्धा चल्न थालेको छ ।
यसैबीच, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सस्तो ब्याजदरमा घर कर्जा योजना ल्याएको छ।
बैंकले वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा घर किन्न, नयाँ घर निर्माण गर्न तथा अन्य बैंक तथा वित्तीय संस्थामा भएको ऋण सार्न समेत मिल्ने योजना ल्याएके छ ।
बैंकले बढीमा २० वर्ष अवधिसम्मका लागि १ करोड ५० लाखसम्म ऋण दिने भएको हो । ऋणका लागि आवेदन दिएको ७ कार्यदिनभित्र स्वीकृती वा अस्वीकृतिको जानकारी दिइने बैंकले बताएको छ। यसरी लिएको ऋणको ब्याजदर एक वर्षसम्म स्थिर हुने छ।