ठूलो आर्थिक मन्दीको संघारमा छौं हामी

कोरोना भाइरसको यो समयले एउटा राम्रो अनुमानको नियम पत्ता लागेको छ । ट्रम्प प्रशासनका अधिकारीहरुले जे हुन्छ भन्छन्, त्यसको ठ्याक्कै उल्टो हुने गरेको छ ।

 

जब राष्ट्रपति ट्रम्प फेब्रुअरी महिनामा कोरोना संक्रमण शून्य हुन्छ भनेका थिए, हामीले थाहा पायौं कि हामी महामारीको मुखमै छौं । जब उपराष्ट्रपति माइक पेन्सले मध्य जुन तिर कोरोना भाइरसको दोस्रो लहर आउँदैन भने तब हामी संक्रमणको संख्या ह्वात्तै बढ्दै छ भनेर ढुक्क भयौं ।

 

र, जब गत हप्ता प्रशासनको प्रमुख आर्थिक सल्लाहकार ल्यारी कुड्लोले भि आकारको आर्थिक पुर्नउत्थान हुन्छ भनेर भने, अर्थतन्त्र भासमा जाकिँदैछ भनेर अनुमान गर्न गाह्रो छैन ।

 

अहिलेको प्रश्न भनेको अबको मन्दी कसरी आउँछ भन्ने हो । सन् २००८ को आर्थिक मन्दी र धिमा रिकभरी त्यति पुरानो होइन । अहिलेको हाम्रो दूर्दशासँग यो सान्दर्भिक हुन्छ । आर्थिक मन्दी अतिरित्त ऋण लिने समय होइन भनेर हाम्रा अनुभवले सिकाएका छन् । र, बेरोजगारीको यो समयमा खर्च घटाउनु पनि अर्को ठूलो गल्ती हुनेछ ।

 

हामीले जुलाइ महिनाको रोजगारी सम्बन्धी आधिकारीक रिपोर्ट अब छिट्टै प्राप्त गर्नेवाला छौं । तर, अन्य निजी तथ्याङ्क प्रशोधन फर्महरुको रिपोर्टले गत मे र जुन महिनामा बढेको भनिएको रोजगारी मर्न लागेको बिरालो एकपटक बुरुक्क उफ्रेजस्तो मात्र भएको पुष्टि गरिसकेको छ । तथ्याङ्कहरुले कुनै रोजगारी वृद्धि नभएको देखाइसकेका छन् ।

 

निजी फर्महरुको तथ्याङ्कमा सकारात्मक संकेतहरु छैनन् । केही सूचकहरुले रोजगारी घटिरहेको देखाएका छन् । सामान्य ढंगले केही रोजगारी बढिरहेको तथ्यलाई मान्ने नै हो भने पनि भाइरस अघिको अवस्थासम्म पुग्नका लागि हामीलाई सन् २०२७ सम्म लाग्नेछ ।

 

फर्महरुको रिपोर्ट, जसले मध्य जुलाईसम्मको अवस्थाको चित्रण गर्छन्, पनि पुराना भइसकेका छन् । त्यस यता अर्थतन्त्र कि रोकिएको छ वा पछाडि धकेलिएको छ । मे र जुन महिनामा भर्ना भएका कामदारहरु फेरि निकाली सकिएका छन् । स्थिति खराब छ । र, यो रिपब्लिकन्सहरुले छिट्टै अर्को आर्थिक प्याकेजको घोषणा नगरे अझै खराब हुनसक्ने देखिन्छ ।

 

कोरोना भाइरसको कारण आउने आर्थिक मन्दी कति गहिरो हुन्छ भनेर धेरै मानिसहरुले आंकलन गर्न सकेका छन् जस्तो लाग्दैन । तर, अवस्था भने सहज छैन । रोजगारी खस्केको छ, वास्तविक कुल गार्हस्थ उत्पादन १० प्रतिशतले घटेको छ ।

 

तर, घट्दो उपभोगले दोस्रो चरणको रोजगारी गुमाइको अवस्था भने आएन । पहिलो चरणमा दशौं लाख मानिसले रोजगारी गुमाए । सरकारी अनुदान बिना धेरैले आफ्नो खर्च घटाउने थिए र अन्तत थप रोजगारी गुम्ने थियो । सौभाग्यवश कंग्रेस अगाडि आयो र बेरोजगारहरुको लागि प्याकेज ल्यायो जसले उपभोक्ताहरुको खर्च बढायो र अर्थतन्त्रलाइ स्थिर बनायो ।

 

अहिले प्याकेजको प्रभाव सकिइसकेको छ । डेमोक्र्याटहरुले योजना अघि बढाएका थिए तर रिपब्लिकन्सहरु आफैंमा सहमत हुन सकेनन् । अब तत्काल पैसा सहजै बजारमा आउने संभावना छैन ।

 

सामान्य परिवारको पीडा ठूलो हुनेछ । समग्र अर्थतन्त्रमा पनि ठूलो असर पर्नेछ । त्यो असर कत्रो हुने छ ? म हिसाब गर्दैछु, नतिजा डरलाग्दो छ ।

 

धनी अमेरिकीहरु जस्तो सामान्य कामकाजी अमेरिकीहरुले आफ्नो बचत वा सम्पत्ति धितो राखेर ऋण लिएर प्रभावको सामना गर्न सक्दैनन् । त्यसैले उनीहरुको खर्च धेरै घट्नेछ ।

 

शुरुवाती अत्यावश्यक अनुदानले त्यसको अन्त्यपछि अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उपभोक्ताको मागमा ४ प्रतिशतको गिरावट आउने देखाएको छ ।

 

एक दशक अघिका नीतिहरुले पनि खर्च कम हुन थालेपछि त्यसको गुणात्मक असर आम्दानीमा परेर फेरी खर्च घट्ने नै पुष्टि गरेका छन् ।

 

समग्रमा भन्दा अहिलेको आर्थिक प्याकेजहरुको प्रभाव सकिएपछि कुल गार्हस्थ उत्पादनमा ४ देखि ५ प्रतिशतको गिरावट आउनेछ । यसमा थप केही कुरा अझै छन् । राज्य र सहरहरु वित्तीय समस्यामा परिसकेका छन् र उनीहरु खर्च कटौतीतर्फ लागेका छन् ।

 

तर, रिपब्लिकनहरु आर्थिक प्याकेज दिन आनाकानी गरिरहेका छन् । राष्ट्रपति ट्रम्प राज्य र सहरहरुका वित्तीय समस्याको कोभिड–१९ सँग कुनै सम्बन्ध नभएको झुटो दाबी गर्दैछन् ।

 

एउटा ध्यान दिनुपर्ने कुरा के छ भने हठात् आएको यो महामारीले कुल ग्राहस्थ उत्पादन १० प्रतिशतले ‘मात्र’ घटाएको छ । अहिले हामीले कुरिरहेको भनेको दोस्रो ‘शक’को लागि हो । र, यो आर्थिक शक हो । र, महामारी भन्दा फरक यो अबको शक हामी आफैंले निम्त्याएको हुनेछ । यसको ‘जश’ ट्रम्प र सिनेटको बहुमत नेता मिच म्याकोनेललाइ जानेछ ।

 

अहिलेको प्रश्न भनेको अबको मन्दी कसरी आउँछ भन्ने हो । सन् २००८ को आर्थिक मन्दी र धिमा रिकभरी त्यति पुरानो होइन । अहिलेको हाम्रो दूर्दशासँग यो सान्दर्भिक हुन्छ । आर्थिक मन्दी अतिरित्त ऋण लिने समय होइन भनेर हाम्रा अनुभवले सिकाएका छन् । र, बेरोजगारीको यो समयमा खर्च घटाउनु पनि अर्को ठूलो गल्ती हुनेछ ।

 

तर, ह्वाइट हाउसका मानिसहरुले अनुभवबाट केही सिकेको देखिएको छैन । वास्तवमा अघिल्ला अनुभवहरुबाट नसिक्नु नै रिपब्लिकनहरुको आर्थिक सल्लाहकार हुनका लागि चाहिने अत्यावश्यक गुण जस्तो देखिएको छ ।

 

त्यसैले हामी सन् २००७-२००९ को भन्दा धेरै ठूलो मन्दीतर्फ अघि बढिरहेका छौं, कोरोना भाइरसको धक्काको आधारमा टेकेर ।

-दी इकोनोमिक टाइम्स्

कोरोनाका बाबजूद अम्बानीको सम्पत्ति बढेको बढ्यै, बने विश्वकै चौथो धनी व्यक्ति Read Previous

कोरोनाका बाबजूद अम्बानीको सम्पत्ति बढेको बढ्यै, बने विश्वकै चौथो धनी व्यक्ति

सेयरमा पौने ११ अर्ब लगानी गरेको नागरिक लगानी कोषको नाफा १७ प्रतिशत बढ्यो Read Next

सेयरमा पौने ११ अर्ब लगानी गरेको नागरिक लगानी कोषको नाफा १७ प्रतिशत बढ्यो