कोरोना भाइरसको यो समयले एउटा राम्रो अनुमानको नियम पत्ता लागेको छ । ट्रम्प प्रशासनका अधिकारीहरुले जे हुन्छ भन्छन्, त्यसको ठ्याक्कै उल्टो हुने गरेको छ ।
जब राष्ट्रपति ट्रम्प फेब्रुअरी महिनामा कोरोना संक्रमण शून्य हुन्छ भनेका थिए, हामीले थाहा पायौं कि हामी महामारीको मुखमै छौं । जब उपराष्ट्रपति माइक पेन्सले मध्य जुन तिर कोरोना भाइरसको दोस्रो लहर आउँदैन भने तब हामी संक्रमणको संख्या ह्वात्तै बढ्दै छ भनेर ढुक्क भयौं ।
र, जब गत हप्ता प्रशासनको प्रमुख आर्थिक सल्लाहकार ल्यारी कुड्लोले भि आकारको आर्थिक पुर्नउत्थान हुन्छ भनेर भने, अर्थतन्त्र भासमा जाकिँदैछ भनेर अनुमान गर्न गाह्रो छैन ।
अहिलेको प्रश्न भनेको अबको मन्दी कसरी आउँछ भन्ने हो । सन् २००८ को आर्थिक मन्दी र धिमा रिकभरी त्यति पुरानो होइन । अहिलेको हाम्रो दूर्दशासँग यो सान्दर्भिक हुन्छ । आर्थिक मन्दी अतिरित्त ऋण लिने समय होइन भनेर हाम्रा अनुभवले सिकाएका छन् । र, बेरोजगारीको यो समयमा खर्च घटाउनु पनि अर्को ठूलो गल्ती हुनेछ ।
हामीले जुलाइ महिनाको रोजगारी सम्बन्धी आधिकारीक रिपोर्ट अब छिट्टै प्राप्त गर्नेवाला छौं । तर, अन्य निजी तथ्याङ्क प्रशोधन फर्महरुको रिपोर्टले गत मे र जुन महिनामा बढेको भनिएको रोजगारी मर्न लागेको बिरालो एकपटक बुरुक्क उफ्रेजस्तो मात्र भएको पुष्टि गरिसकेको छ । तथ्याङ्कहरुले कुनै रोजगारी वृद्धि नभएको देखाइसकेका छन् ।
निजी फर्महरुको तथ्याङ्कमा सकारात्मक संकेतहरु छैनन् । केही सूचकहरुले रोजगारी घटिरहेको देखाएका छन् । सामान्य ढंगले केही रोजगारी बढिरहेको तथ्यलाई मान्ने नै हो भने पनि भाइरस अघिको अवस्थासम्म पुग्नका लागि हामीलाई सन् २०२७ सम्म लाग्नेछ ।
फर्महरुको रिपोर्ट, जसले मध्य जुलाईसम्मको अवस्थाको चित्रण गर्छन्, पनि पुराना भइसकेका छन् । त्यस यता अर्थतन्त्र कि रोकिएको छ वा पछाडि धकेलिएको छ । मे र जुन महिनामा भर्ना भएका कामदारहरु फेरि निकाली सकिएका छन् । स्थिति खराब छ । र, यो रिपब्लिकन्सहरुले छिट्टै अर्को आर्थिक प्याकेजको घोषणा नगरे अझै खराब हुनसक्ने देखिन्छ ।
कोरोना भाइरसको कारण आउने आर्थिक मन्दी कति गहिरो हुन्छ भनेर धेरै मानिसहरुले आंकलन गर्न सकेका छन् जस्तो लाग्दैन । तर, अवस्था भने सहज छैन । रोजगारी खस्केको छ, वास्तविक कुल गार्हस्थ उत्पादन १० प्रतिशतले घटेको छ ।
तर, घट्दो उपभोगले दोस्रो चरणको रोजगारी गुमाइको अवस्था भने आएन । पहिलो चरणमा दशौं लाख मानिसले रोजगारी गुमाए । सरकारी अनुदान बिना धेरैले आफ्नो खर्च घटाउने थिए र अन्तत थप रोजगारी गुम्ने थियो । सौभाग्यवश कंग्रेस अगाडि आयो र बेरोजगारहरुको लागि प्याकेज ल्यायो जसले उपभोक्ताहरुको खर्च बढायो र अर्थतन्त्रलाइ स्थिर बनायो ।
अहिले प्याकेजको प्रभाव सकिइसकेको छ । डेमोक्र्याटहरुले योजना अघि बढाएका थिए तर रिपब्लिकन्सहरु आफैंमा सहमत हुन सकेनन् । अब तत्काल पैसा सहजै बजारमा आउने संभावना छैन ।
सामान्य परिवारको पीडा ठूलो हुनेछ । समग्र अर्थतन्त्रमा पनि ठूलो असर पर्नेछ । त्यो असर कत्रो हुने छ ? म हिसाब गर्दैछु, नतिजा डरलाग्दो छ ।
धनी अमेरिकीहरु जस्तो सामान्य कामकाजी अमेरिकीहरुले आफ्नो बचत वा सम्पत्ति धितो राखेर ऋण लिएर प्रभावको सामना गर्न सक्दैनन् । त्यसैले उनीहरुको खर्च धेरै घट्नेछ ।
शुरुवाती अत्यावश्यक अनुदानले त्यसको अन्त्यपछि अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उपभोक्ताको मागमा ४ प्रतिशतको गिरावट आउने देखाएको छ ।
एक दशक अघिका नीतिहरुले पनि खर्च कम हुन थालेपछि त्यसको गुणात्मक असर आम्दानीमा परेर फेरी खर्च घट्ने नै पुष्टि गरेका छन् ।
समग्रमा भन्दा अहिलेको आर्थिक प्याकेजहरुको प्रभाव सकिएपछि कुल गार्हस्थ उत्पादनमा ४ देखि ५ प्रतिशतको गिरावट आउनेछ । यसमा थप केही कुरा अझै छन् । राज्य र सहरहरु वित्तीय समस्यामा परिसकेका छन् र उनीहरु खर्च कटौतीतर्फ लागेका छन् ।
तर, रिपब्लिकनहरु आर्थिक प्याकेज दिन आनाकानी गरिरहेका छन् । राष्ट्रपति ट्रम्प राज्य र सहरहरुका वित्तीय समस्याको कोभिड–१९ सँग कुनै सम्बन्ध नभएको झुटो दाबी गर्दैछन् ।
एउटा ध्यान दिनुपर्ने कुरा के छ भने हठात् आएको यो महामारीले कुल ग्राहस्थ उत्पादन १० प्रतिशतले ‘मात्र’ घटाएको छ । अहिले हामीले कुरिरहेको भनेको दोस्रो ‘शक’को लागि हो । र, यो आर्थिक शक हो । र, महामारी भन्दा फरक यो अबको शक हामी आफैंले निम्त्याएको हुनेछ । यसको ‘जश’ ट्रम्प र सिनेटको बहुमत नेता मिच म्याकोनेललाइ जानेछ ।
अहिलेको प्रश्न भनेको अबको मन्दी कसरी आउँछ भन्ने हो । सन् २००८ को आर्थिक मन्दी र धिमा रिकभरी त्यति पुरानो होइन । अहिलेको हाम्रो दूर्दशासँग यो सान्दर्भिक हुन्छ । आर्थिक मन्दी अतिरित्त ऋण लिने समय होइन भनेर हाम्रा अनुभवले सिकाएका छन् । र, बेरोजगारीको यो समयमा खर्च घटाउनु पनि अर्को ठूलो गल्ती हुनेछ ।
तर, ह्वाइट हाउसका मानिसहरुले अनुभवबाट केही सिकेको देखिएको छैन । वास्तवमा अघिल्ला अनुभवहरुबाट नसिक्नु नै रिपब्लिकनहरुको आर्थिक सल्लाहकार हुनका लागि चाहिने अत्यावश्यक गुण जस्तो देखिएको छ ।
त्यसैले हामी सन् २००७-२००९ को भन्दा धेरै ठूलो मन्दीतर्फ अघि बढिरहेका छौं, कोरोना भाइरसको धक्काको आधारमा टेकेर ।
-दी इकोनोमिक टाइम्स्