नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्त बैंकको सूचीबाट हट्यो, अब कारोबार गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त बैंकको सूचीबाट हटाएको छ।२०७० चैत २७ गते समस्याग्रस्त घोषणा गरेको राष्ट्र बैंकले करिब ६ वर्ष पछि सो सूचीबाट हटाएको हो ।

 

राष्ट्र बैंकको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले नारायणीलाई समस्याग्रस्त बैंकको सूचीबाट हटाउने निर्णय गरेको हो ।समस्याग्रत बैंकको सूचीबाट हटेसँगै अब बैंकले बैंकिङ कारोबार गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

 

तत्कालीन अवस्थामा बैंकका अध्यक्ष लगायतको मिलेमतोमा विभिन्न नाममा नक्कली ऋणी तथा आफन्तलाई कमसल धितो राखी ऋण प्रवाह गरिएका कारण बैंक समस्यामा परेको थियो ।

 

राष्ट्र बैंकले नारायणीलाई निक्षेप स्वीकार गर्ने, कर्जा लगानी गर्ने, जमानत प्रदान गर्ने लगायतको कारोबार गर्न नपाउने गरी समस्याग्रस्त घोषणा गरेको थियो।

लकडाउन यता मात्रै २५ हजार बढ्यो सुनको भाउ, तोलाको १ लाख २ हजार ५०० पुग्यो Read Previous

लकडाउन यता मात्रै २५ हजार बढ्यो सुनको भाउ, तोलाको १ लाख २ हजार ५०० पुग्यो

तितेपातीको तेल उत्पादन शुरु, १ लिटरकै १० हजार Read Next

तितेपातीको तेल उत्पादन शुरु, १ लिटरकै १० हजार