लकडाउन यता मात्रै २५ हजार बढ्यो सुनको भाउ, तोलाको १ लाख २ हजार ५०० पुग्यो

काठमाडौं । कोरोना महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्यासित रुपमा बढेको छ ।

 

बुधबार प्रतितोला १ लाख १ हजार ४०० मा कारोवार भएको पहेँलो धातुमा आज १हजार १०० ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य १ लाख २ हजार २०० निर्धारण गरिएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज चाँदीको मूल्य तोलाको ५० रुपैयाँले बढेको छ । एक तोला सेतो धातुको मूल्य आज १ हजार ३४५ निर्धारण भएको छ ।

 

कोभिड–१९ को सङ्क्रमण रोक्न लकडाउन यता मात्रै सुनको भाउ तोलाको २५ हजार रुपैयाँले बढेको छ । लकडाउनकै बीच जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

मजदूरको ज्याला १०० रुपैयाँ बढ्यो, कुन काम गर्नेले कति पाउँछन् Read Previous

मजदूरको ज्याला १०० रुपैयाँ बढ्यो, कुन काम गर्नेले कति पाउँछन्

नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्त बैंकको सूचीबाट हट्यो, अब कारोबार गर्न पाउने Read Next

नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्त बैंकको सूचीबाट हट्यो, अब कारोबार गर्न पाउने