साधना लघुवित्तको सेयर बिहीबारदेखि कारोबार हुने, कति पायो ओपनिङ रेञ्ज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

 

गत असार २९ गते आइपीओ बाँडफाँट गरेको लघुवित्तले २३ दिनपछि नेप्सेमा २१ लाख ७७ हजार ८०० कित्ता सेयर सूचीकृत गरेको हो । नेप्सेले लघुवित्तको सेयरलाई एसडीएलबीएसएल कारोबार संकेत प्रदान गरेको छ।

 

नेप्सेमा सूचीकृत भएसँगै बिहीबारदेखि लघुवित्तको सेयर कारोबार हुनेछ। लघुवित्तको सेयरको पहिलो कारोबारका लागि नेप्सेले १३०.१३ रुपैयाँदेखि ३९०.३६ रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ। यसै मूल्यको आधारमा सेयर कारोबार खुल्ने छ ।

 

लघुवित्तले असार २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ७ लाख ७ हजार ८०० कित्ता आइपीओ निष्काशन गरेको थियो । आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ पुगेको छ।

घर बनाउँदा कस्तो सिमेन्ट प्रयोग गर्ने ? यसो भन्छन् इन्जिनीयर Read Previous

घर बनाउँदा कस्तो सिमेन्ट प्रयोग गर्ने ? यसो भन्छन् इन्जिनीयर

फाप्लु विमानस्थलमा ‘वाक थ्रु मेटल डिटेक्टर’ यन्त्र जडान, चेकजाँचमा सहज हुने Read Next

फाप्लु विमानस्थलमा ‘वाक थ्रु मेटल डिटेक्टर’ यन्त्र जडान, चेकजाँचमा सहज हुने