घर बनाउँदा कस्तो सिमेन्ट प्रयोग गर्ने ? यसो भन्छन् इन्जिनीयर

नेपालको सबैभन्दा पहिलो सिमेन्ट कम्पनी भनेको हिमाल सिमेन्ट कम्पनी हो । त्यो चोभारमा थियो, तर अहिले बन्द भइसकेको अवस्था हो । आजको अवस्था भनेको चाहिँ हाल नेपालमा ६१ वटा कम्पनीहरूले सिमेन्ट उत्पादन गरिरहेका छन् ।

 

नेपालमा दुई प्रकारको सिमेन्ट उत्पादन कम्पनीहरू छन् । पहिलो क्लिङकरमा आधारित र दोस्रो ग्रान्डिङ युनिटमा आधारित कम्पनी हुन् । ४३ वटा कम्पनी ग्रान्डिङ युनिटमा आधारित छन् भने १८ वटा क्लिङकरमा आधारित कम्पनी छन् ।

 

क्लिङकरमा आधारित कम्पनीको आफ्नै चुनढुङ्गा खानी हुन्छ । र, त्यसलाई ल्याएर उनीहरूले आफ्नै क्लिङकर उत्पादन गर्छन् र त्यसपछि अन्य कच्चा पदार्थहरूको प्रयोग गर्दै सिमेन्ट उत्पादन हुन्छ । ग्रान्डिङ सिमेन्ट कम्पनीहरूले भने बाहिरबाट क्लिङकर ल्याएर पिस्ने मात्र काम गर्छन् ।

 

नेपालमा दुई प्रकारको सिमेन्ट उत्पादन कम्पनीहरू छन् । पहिलो क्लिङकरमा आधारित र दोस्रो ग्रान्डिङ युनिटमा आधारित कम्पनी हुन् । ४३ वटा कम्पनी ग्रान्डिङ युनिटमा आधारित छन् भने १८ वटा क्लिङकरमा आधारित कम्पनी छन् ।

 

उत्पादन को क्रममा सिमेन्टहरूलाई ओपीसी, पीपीसी र पीएससी गरी तीन ढंगले उत्पादन गर्न सकिन्छ । यी तीन प्रकारका सिमेन्टका आ-आफ्नै विशेषताहरू छन् ।

 

ओपीसी सामान्यतः ठूला परियोजनाहरूमा प्रयोग हुन्छ । यो सिमेन्ट छिट्टै सेट हुन्छ । यो सिमेन्टलाई प्योर’ सिमेन्ट मानिन्छ । यसमा मिसावट हुँदैन । यो सिमेन्टको उत्पादनमा ९५ प्रतिशत क्लिङकरको प्रयोग हुन्छ भने ५ प्रतिशत जिप्सन मिसाइएको हुन्छ । जिप्सनको काम भनेको चाहिँ सिमेन्टको सेट हुने समयलाई थारै लम्ब्याउनु हो । कामदारले काम गर्दा गर्दै सिमेन्ट नजमोस् भनेर थोरै जिप्सन मिसाइएको हुन्छ ।

 

पीपीसीमा भने क्लिङकरको मात्रा ७० प्रतिशत हुन्छ र जिप्सन ५ प्रतिशत हुन्छ । बाँकीको २५ प्रतिशत भने फ्ल्याईएस मिसाइएको हुन्छ ।

 

ओपीसी सामान्यतः ठूलो निर्माण कार्यमा प्रयोग हुन्छ । बालुवा, पानी, गिट्टी र सिमेन्ट प्रयोगल गरि बनाइने कक्रिंटमा ओपीसी सिमेन्टको प्रयोग हुन्छ । यसको मतलब ढलान गर्न वा पिलर हाल्न यो सिमेन्टको प्रयोग हुन्छ ।

 

बालुवा, पानी र सिमेन्टको मात्र प्रयोग हुने कक्रिंट भने पीपीसी र पीएससी को प्रयोग गरिन्छ । यो भनेको विशेषगरी प्लास्टर र इँट्टा जोड्ने काममा प्रयोग हुन्छ । यो सिमेन्ट पनि सेट भएर बलियो हुन्छ नै । तर, यसको प्रक्रिया भने ओपीसीको भन्दा अलि ढिलो हुन्छ ।

 

कुनै पनि सिमेन्टको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा भनेको सिमेन्टको तापक्रमको व्यवस्थापन पनि हो । सिमेन्टको प्रयोग पश्चात त्यहाँ रसायनिक प्रक्रिया चल्छ र सिमेन्टले ताप बाहिर फाल्छ । त्यसरी ताप बाहिर फाल्दा सिमेन्टको प्रयोग भएको ठाउँ सानो सानो चिरा पर्छ । त्यसको व्यवस्थापनका लागि ढलानमा पानी जमाउने वा प्लास्टर गरिएको भित्तामा पानीले भिजाउने गर्नुपर्छ । यो प्रक्रिया ७ देखि १४ दिनसम्म गर्नुपर्छ ।

 

यसैगरी ओपीसी सिमेन्टको पनि ग्रेड हुन्छ । सिमेन्टको क्युब बनाएर हामी ७, १४ र २८ दिनमा त्यसलाई फुटाउछौं  र त्यसको औसत ग्रेड निकाल्छौं । त्यसरी प्राप्त भएको ग्रेडलाई हामी सिमेन्टको स्ट्रेन्थको (शक्ति) रुपमा परिभाषित गर्छौं । हाम्रो अर्घखाँची सिमेन्टको ग्रेड ५५ को हाराहारी छ ।

 

ठूला परियोजनाहरूको सिमेन्टका लागि आफ्नै मापदण्ड हुन्छ । सर्वसाधारणले भने यो सबै जाँच्न संभव हुने कुरा भएन । उहाँहरूको भने आफ्नै अनुभवको कुरा भयो । उहाँहरूले सिमेन्ट कस्ता परियोजनाहरूमा प्रयोग भएको छ भन्ने खोजेर पनि आफ्नो लागि निर्णय गर्न सक्नु हुन्छ ।

 

अनी अर्को कुरा, आफ्नै चुनढुङगा भएका क्ल्ङिकरमा आधारित कम्पनीहरूको उतपादनमा तुलनात्मक रूपमा एकरुपता देखिन्छ र स्ट्रेन्थ पनि एकनाश हुन्छ भने क्ल्ङिकर बाहिरबाट ल्याउनु पर्ने भएका कारण ग्रान्डिङ युनिटमा आधारित कम्पनीहरूको भने उत्पादनमा तुलनात्मक रुपमा एकरुपता कम हुन सक्छ ।

 

नेपालमा सञ्चालनमा रहेका सबै कम्पनीहरूले ओपीसी, पीपीसी र पीएससी तीनै सिमेन्ट उत्पादन गर्छन् नै भन्ने हुँदैन । यो चाहिँ माग अनुसार उत्पादन गर्ने विषय हो । यी तीनै सिमेन्ट उत्पादन प्रक्रियामा धेरै फरक हुँदैन । उत्पादन लाइनमा थोरै मात्र परिर्वतन गरे पुग्छ ।

-लेखक अर्घाखाँची सिमेन्टका सिनियर इन्जिनीयर हुन् ।

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक Read Previous

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक

साधना लघुवित्तको सेयर बिहीबारदेखि कारोबार हुने, कति पायो ओपनिङ रेञ्ज Read Next

साधना लघुवित्तको सेयर बिहीबारदेखि कारोबार हुने, कति पायो ओपनिङ रेञ्ज