पुनर्बीमा कम्पनीले कमायो ९१ करोड खुद नाफा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९१ करोड खुद नाफा कमाएको छ ।

 

ढिलागरी सार्वजनिक गरिएको वित्तीय विरण अनुसार आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमाससम्ममा कम्पनीले ९१ करोड
१६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

 

कम्पनीले जीवन बीमा व्यवसायमार्फत ९ करोड १० लाख ७८ हजार र निर्जीवन बीमा व्यवसायबाट ८२ करोड ५० लाख ७७ हजार खुद नाफा आर्जन गरेको हो।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको तुलनामा २.७८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसायबाट ८९ करोड १३ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

 

कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ९४ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले जीवन बीमा व्यवसायबाट ३१ करोड २२ लाख र निर्जीवन व्यवसायबाट ४ अर्ब ६२ करोड ८४ रुपैयाँ गरी सो बराबरको बीमाशुल्क आर्जन गरेको हो। समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क १ अर्ब ३९ करोड १४ लाख रुपैयाँले बढेको हो।

 

यस्तै कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा पुर्नबीमा कमिशन शुल्कबाट ५ करोड ७९ लाख ७२ हजार रुपैयाँ आम्दानी गरेको छ भने १ अर्ब ४७ करोड ३१ लाख रुपैयाँ पुनर्बीमा कमिशन बापत विदेशी कम्पनीलाई भुक्तानी गरेको छ।

 

कम्पनीको जगेडा कोषमा ३ अर्ब ३१ करोड २४ लाख रुपैयाँ र बीमा कोषमा एक अर्ब ४७ करोड ५० लाख रुपैयाँ सञ्चित छ।

 

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको थियो १ अर्ब ६० करोड रुपैयाँको आइपीओ जारीपछि हाल चुक्ता पूँजी १० अर्ब पुगेको छ।

६ हप्ताभित्र अमेरिकी कम्पनीलाई टिकटक बेच्न ट्रम्पले दिए समयसीमा, माइक्रोसफ्ट किन्न इच्छुक Read Previous

६ हप्ताभित्र अमेरिकी कम्पनीलाई टिकटक बेच्न ट्रम्पले दिए समयसीमा, माइक्रोसफ्ट किन्न इच्छुक

नेप्सेको अनलाइन चलाउने ह्वात्तै बढे, प्रयोगकर्ता भन्छन्-‘सिस्टम घट्ट जस्तै छ, घण्टौंसम्म घुमी मात्र रहन्छ’ Read Next

नेप्सेको अनलाइन चलाउने ह्वात्तै बढे, प्रयोगकर्ता भन्छन्-‘सिस्टम घट्ट जस्तै छ, घण्टौंसम्म घुमी मात्र रहन्छ’