सेयर बजारमा सुधार, १ अर्ब २९ करोडको कारोबार, ३ कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । आइतबार करिब ४३ अंकले घटेको सेयर बजारमा आज सुधार देखिएको छ । बजार खुलेदेखि उतरचढाव देखिएको बजार अन्त्यमा हरियो भएर बन्द भएको हो । आज सूचकमा सुधार भए पनि कारोबार रकममा भने गिरावट आएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ७.५९ अंकले बढेर १४०३.८६ बिन्दुमा आइपुगेको छ । यसदिन १९० कम्पनीको १ अर्ब २९ करोड २ लाख २२ हजार २१३ रुपैयाँ बराबरको कारोबार भएको छ । ५३ लाख ४२ हजार ८५१ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १२ वटा समूहमध्ये ९ समूहको परिसूचक उकालो लागेको छ भने ३ समूहको परिसूचक घटेको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५८.७४ अंकले बढेको छ भने हाइड्रोपावर समूहको ३.५२ अंकले घटेको छ ।

 

कोराबार रकमका आधारमा आज प्रभु बैंकको प्रमोटर सेयर शीर्ष स्थानमा रह्यो । यसको ३४ करोड २९ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल पुनर्बीमा र नेपाल लाइफ इन्स्योरेन्स र क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज ३ वटा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बढ्दो बजारमा आरम्भ चौतारी लघुत्ति, अजोड इन्स्योरेन्स र नेपाल फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

आज दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.९० प्रतिशतले घटेको छ ।

पूर्व-पश्चिम रेलमार्गको काम धमाधम, बर्दिबास खण्डमा ३३ किमी ट्रयाक निर्माण, पूर्वीखण्डको ठेक्का आह्वान Read Previous

पूर्व-पश्चिम रेलमार्गको काम धमाधम, बर्दिबास खण्डमा ३३ किमी ट्रयाक निर्माण, पूर्वीखण्डको ठेक्का आह्वान

काठमाडौंमा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि, ३५८ डिस्चार्ज Read Next

काठमाडौंमा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि, ३५८ डिस्चार्ज